खोप र पोशाक : डा. रबिन्द्र समिर

डा. रबिन्द्र समिर

खोप लगाउन खोप केन्द्रमा जाँदा टाइट स्विटर, कुर्ता, हाइनेकजस्ता अप्ठ्यारा कपडा लगाउँदा समय नष्ट हुने तथा अप्ठ्यारो गरेर खोप लगाएको देखियो | यस्ता अप्ठ्यारा कपडा लगाउँदा ९० डिग्री गरेर खोप लगाउन गाह्रो हुन्छ र कतिपय अवस्थामा खोप लिक हुनपनि सक्छ |

त्यस्तै कतिपय व्यक्तिले भित्रि बस्त्र देखिने गरि निकै अप्ठ्यारोसंग खोप लगाएको देखियो |

खोप लगाउन जाँदा भित्र हाल्फ टि सर्ट र बाहिर ज्याकेट लगाएमा ज्याकेट खोलेर तथा हाल्फ टि – सर्टको बाहुला माथि सारेर सजिलोसंग खोप लगाउन सकिन्छ |

खोप लगाउन जाँदा नुहाएर, खाना र झोलिलो कुरा प्रशस्त खाएर जानुपर्छ | यसो गर्दा प्रेसर र सुगरको मात्रा कम भएर रिंगटा लाग्ने, वाकवाकी लाग्ने, चक्कर आउने सम्भावना कम हुन्छ |

खोप लगाउन जाँदा मानसिक रुपमा कन्भिन्स र तयार भएर जानुपर्छ | शंका र कन्फ्युज भएर खोप लगाउनु हुँदैन |

खोप लगाएर आधा घण्टा खोप केन्द्रमा बसेपछि त्यो दिन आराम गर्ने, झोलिलो खाना खाने तथा धपेडी नगर्नु उपयुक्त हुन्छ | खोप लगाएपछि सकभर २ महिना मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ |