कतिमा कारोबार भैरहेको छ ? सुनको भाउ आज ह्वात्तै घट्यो, तुरुन्तै हेर्नुहोस् ?

काठमाण्डाै – सुनको भाउ आज ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा झरेको छ । कोरोना भाइरसको सङ्क्रमणसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ ।

सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार अहिले धेरैजसोले पुरानै गहना बेचेर त्यसबाट आएको पैसामा केही थपथाप गरेर नयाँ गहना बनाउने गरेका छन् भने केहीले जलप लगाएको गहनाको प्रयोग गर्ने गरेका छन् ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हिजोको भन्दा २० रुपैयाँले सस्तो हो ।