२० लाख कुन चाहि दोहोरी कलाकारले जित्लान त ?

नेपाली लोक दोहोरी इतिहासकै लागि महँगो राशिको पहिलो दोहोरी गीत प्रतियोगिता हुने भएको छ।यही फाल्गुन १ गते देखि ८ गते सम्म लगातार अडिसनहुने प्रतिष्पर्धा सहितको उक्त रियालिटी सो नेपाल टेलिभिजन बाट छिट्टै प्रशारण हुने भएको छ। लोकप्रिय लोकदोहोरी गायक बद्री पंगेनी र प्रिती आलेले संचालन गर्ने उक्त कार्यक्रमको नाम “दोहोरी च्याम्पियन” राखिएको छ।

प्रथम हुने टिमलाइ २० लाख, दित्तीय हुने टिमलाइ १० लाख, तृतीय हुने टिमको लागि ३ लाख र सान्त्वना हुने टिमको लागि २ लाख नगत पुरष्कार घोषणा गरिएको छ।KYE Advertising ले निर्माण गर्ने उक्त रियालिटी सोको लागि आबेदन समेत खुल्ला भएको छ। सहभागिताको लागि १ जना महिला र एक जना पुरुष कलाकारको टिम बनाएर कम्तिमा ४/४ टुक्का दोहोरी गाएर पठाउनु पर्ने आयोजक टिमले जानकरी दिएको छ।प्रतिष्पर्धा दोहोरीको संरक्षण सस्कृतिको नारा सहितको उक्त कार्यक्रमले प्रतक्ष्य दोहोरीलाई अझै ब्यबस्थित बनाउने कार्यक्रम संचालक बद्री पंगेनीले लालीगुराँस डटकमलाइ जानकारी दिए।

कार्यक्रमको निर्णायक भने बरिष्ठ गायक प्रजापति पराजुली,लोक गायिका सिता थापा,बरिष्ठ सर्जक रमेश बिजी र गायक तथा सर्जक चन्द्र शर्मा रहने छन।कार्यक्रमको प्रतियोगी कलाकार ब्यबस्थापक दिपक खड्का रहने छन भने बाध्यबादन संयोजक यामु शर्मा र दर्शक ब्यबस्थापक निर आले रहने छन। कार्यक्रम को छायांकन नेपाल टेलिभिजनकै कार्यालयमा रहने छ। सो कार्यक्रममा दर्शकको रुपमा सहभागी हुन चाहनेले निर आले संग सम्पर्क गर्नु पर्ने छ।