सपना भित्रको सपना, भ्यालेन्टाइन डे स्पेसल नेपाली कमेडि भिडियो

प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।

उनको बुझाइ थियो, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई। पू। २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

सोहि अनुरुप यूट्युव च्यानल टिभी नेपालीले भ्यालेन्टाइन डे स्पेसल नेपाली कमेडि भिडियो सार्वजनिक गरेको छ । भिडियोमा ईस्वर दुलाल र अन्जु मगरको अभिनय रहेको छ । सो भिडियोमा मात्रृका पैडेलको छायंकन, सिसिर बुढाथोकीले सम्पाद गरेका हुन् । ईस्वर दुलालकै कथामा तयार भएको भिडियोलाई दुलालले नै सहायक निर्देशन गरेका हुन । भिडियोमा मात्रृका पैडेल र सिसिर बुढाथोकीकोे निर्देशन रहेको छ ।

हेर्नुहोस यो रमाईलो भिडियो: