लोकतन्त्रमा प्रतिपक्षीले फरक मत राख्न पाउनुपर्द्छ : कृष्ण हुमागाई

युबराज रेग्मी ३० माघ , झापा /

नेपाल प्रेस युनियन झापा जिल्ला साखाको माइपश्चिम् छेत्रीय समितिले आज सुक्रबार जिल्ला स्तरिय पत्रकार भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । नागरिकलाई पलपल सूचना र जानकारि पस्कन अहोरात्र खटिने पत्रकारहरु बीच भेटघाट र सुभकामना आदानप्रदान गर्ने उधेस्य राखी झापाको छिमेकी जिल्ला ईलामको चुलाचुली गाउँपलिका -९ मा पर्ने चपेटि बनभोज स्थलमा आयोजित कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

बनभोज कार्यक्रममा झापा जिल्लाभर रहेर पत्रकारिता छेत्रमा योगदान पुर्याउने नेपाल प्रेस युनियनमा आबद्द तथा पत्रकार महासंघ झापाका सदस्यहरु लगायत अन्य पत्रकार जन्य कलमजिबि पेसागत सस्थामा आबद्द पत्रकारहरु साथै जिल्लाका दलगत प्रतिनिधिहरु उपस्थित भएका थिए । नेपाल प्रेस युनियन केन्द्रिय सदस्य गोबिन चन्द्र छेत्रीको प्रमुख आथित्यता तथा नेपाल प्रेस युनियन माइ पश्चिम छेत्रीय समिति अध्यक्ष बिश्व सुब्बाको सभापतित्वमा आयोजित बनभोज तथा सुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न बक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा आफ्ना बिचार राख्दै नेपाल प्रेस युनियन पुर्ब केन्द्रिय सदस्य कृष्ण हुमागाईले हाल देसको विषम राजनितिक परिस्थितीलाई इङित गर्दै लोकतन्त्रको सौन्दर्य भनेकै प्रतिपक्षीहरुले फरकअभिमत राख्न पाउनु पर्ने धारणा राखेका थिए । हाल देसको अस्थिर राजनिती बारे प्रस्ट पार्दै आगामी असार महिना सम्ममा के.पि. ओलि सरकारको बैधानिकता अन्त्य हुने र उक्त समय सम्ममा प्रतिगमन नसच्याए देसमा सैनिक सासनको सुरुवात हुने बारे धारणा राखेका थिए । भारतका गुप्तचर प्रमुख सामन्त कुमार गोयलको ग्रान्ड डिजायनमा नेपालमा अस्थिरता सिर्जना गरि नेपालको लोकतन्त्रनै समाप्त पार्ने रणनीतिमा भारत अघि सरेको आसंका ब्यक्त गरे ।

साथै देसको विषम परिस्थितीलाई सामनागर्न पत्रकार साथीहरुले एक अर्काको मन जितेर सौहार्दपुर्ण बाताबरण सिर्जना गरि प्रतिगमन बिरुद्द्को आन्दोलनमा देसभरका पत्रकारहरु एकैसाथ हुन जरुरी रहेको बताए । कार्यक्रममा आफ्ना बिचार राख्दै पत्रकार महासंघ झापा जिल्ला अध्यक्ष तारामणी सापकोटाले देसको राजनितिक परिस्थिति फेरिएकोले यस्तो परिस्थितिमा पत्रकार जन्य सस्था ध्वस्तभए प्रेस स्वतन्त्रता पनि ध्वस्तहुने ठोकुवा दिदै श्रमजिबि पत्रकार हरुले आफू कुन कुराको समर्थन गर्दैछु र कुन कुराको बिरोध गर्दैछु भन्न्ने कुरामा स्पस्ट हुन सचेत समेत गराएका थिए ।

प्रतिगमनका कृयाकलापहरु बढदै गए पत्रकारका सस्थागत सम्रचना मात्र नभएर देसका सम्पुर्ण संबैधानिक संरचना ध्वस्तभइ देस एक कहालिलाग्दो मोड तर्फ धकेलिने बताए । कार्यक्रममा बिचार राख्दै प्रमुख अतिथी तथा नेपाल प्रेस युनियन केन्दृय सदस्य गोबिन चन्द्र छेत्रीले हाल देसमा संबिधान मिचिएको जिकिर गर्दै यस विषम परिस्थितिलाइ सामना गर्न पत्रकार हरुले आगामी आसन्न महासंघको निर्बाचन सर्बसम्मत बनाउने महासंघका जिल्ला अध्यक्षको चाहना र मनसायको सफलताका निम्ति हार्दिकताका साथ कामना गरेका थिए ।

झापा जिल्ला र ईलाम जिल्लाको बीच भागमा पर्ने प्राकृतिक सौन्दर्यले भरिपुर्ण भएको आन्तरिक पर्यटन स्थलको ठूलो सम्भाबना बोकेको साब्दिक अर्थले दुई जिल्लाको चपेटामा परेको ” चपेटी ” बनभोज स्थलमा आयोजित कार्यक्रमको सोभा बढाउन गौरादह नगरका नगरप्रमुख रोहित कुमार साह , गौरिगन्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा , नेपाली काङ्ग्रेस गौरादह नगर सभापती यादब राज सेढाई ,काङ्ग्रेस नेतृ सुमित्रा उप्रेती , पत्रकार महासंघ झापा उपाध्यक्ष एकराज गिरि , प्रेस युनियन जिल्ला सभापती इन्दु पुर्बेली ,पत्रकार महासंघ प्रदेस १ सदस्य रेजिना गौतम ,प्रेस संगठन झापा अध्यक्ष मुक्ती पौडेल ,फोनिज प्रदेस १ इन्चार्ज बिपिन राइ ,पत्रकार महासंघ प्रदेस सभा सदस्य मीन प्रकाश उप्रेती ग्रामिण पत्रकार मञ्च गौरादहका अध्यक्ष बेणु प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रम प्रेस युनियन झापाका उपाध्यक्ष गिरिराज भट्टराईले सन्चालन गरेका थिए ।