५ बर्षका गायक प्रहार र ७ बर्षिय गायिका उत्सुकताले गाए यस्तो रमाइलो गीत, हेर्नुहोस हसाएरै मुर्छा पारे

काठमाडौ । केही समय देखि मिडिया र सामाजिक सन्जालमा भाईरल भईरहेका प्रतिभाहरु अहिलेको समयमा सबै बाल कलाकारनै छन । गुल्मीका सचिन परियार, रबिना बसेल र धादिङकी कमला घिमिरे यसका ज्वलन्त उदाहरण हुन । त्यस्तै गरि झापाका अशोक दर्जी पनि छटाउनै नहुने नाम हो । हो आज हामी अहिलेसम्मकै उमेरमा कम मानिएका भाईरल भाई पाल्पाका प्रहार बस्नेतको बारेमा कुरा गर्दैछौ जो ५ बर्षमै यति धेरै चलाख र चम्बु छन कि जो कोहीले उनीस“ग कुरा गर्न पनि सक्दैन ।

यसैगरि उनीस“ग गित गाउनमा साथ दिएकी छिन उही पाल्पाकै ७ बर्षिय उत्सुकता ढकालले । भाईले गित गाउदा गाउदै यति धेरै हसाए की रेकर्डिष्ट पनि एकैछिन आराम गरेर फेरी रेकर्डिङ गरेका थिए । दोहोरीमै यति धेरै राम्रो आवाज र अभिनय गर्न सक्ने प्रहार बल्ल ५ बर्षमा टेकेका छन र नेपालकै कान्छा गायक हुन भन्दा कुनै शंका पनि छैन । उनका मनपर्ने गायक पनि पाल्पाकै पुश्कल शर्मा हुन जो चर्चित लोक गायक हुन । हेरौ उनै प्रहारको कमेडी र गित |