माझी वस्तीबाट स्थलगत : स्थानियको आक्रोश, ‘वस्ती स्वेताले होइन, हामीलाई ऋणमा डुबाइन्’ (हेर्नुस् भिडियो रिपोर्ट)

लाखौँ खर्च गरेर तामझामसँग बिहे गरेको, नाइट क्लबमा मदिरा पिएर सुष्मा कार्कीसँग लफडा गरेको चर्चा चलिरहेकै बेला जब अभिनेत्री स्वेता खड्काले धुर्मुस–सुन्तली फाउन्डेसनको समाचार सेयर गर्दै एउटा स्टाटस लेखिन्, त्यसपछि बजारमा यतिबेला उनी विवादमा तानिएकी छिन् ।

धेरैजसो तारिफ खाइरहने उनी यतिबेला सामाजिक संजालमा गाली खाइरहेकी छिन् । विवादमा ल्याउने उनको स्टाटसको आशय थियो, सहयोग रकम कबुल गर्नुभएका दाताहरुले सहयोग उपलब्ध नगराउँदा माझी वस्ती यतिबेला ऋणमा डुबेको छ ।

केही वर्षयता सारा संसारले सिधा हिसाबले बुझेको एउटा सत्य के हो भने स्वेताले सिन्धुपाल्चोकमा माझी वस्ती बनाइदिइन् । तर, स्वेताले एक्कासी ऋणमा डुबेको कुरा उठाउँदा सारा संसार यतिबेला उनलाई प्रश्न गरिरहेको छ ।

यिनै प्रश्न उठिरहेका बेला स्वेताले निर्माण गरिदिएको भनिएको माझी वस्तीको वर्तमान वस्तुस्थिती बुझ्न र त्यहाँका वासिन्ताको पीडा र राय लिन हाम्रो कलाको टिम बिहिबारै बिहानै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा पुग्यो ।

जहाँ पर डाँडाबाट हेर्दा ५० बढी एउटै रङ र डिजाइनका एक शौचालयसहित तीन कोठाका स–साना घर देखिन्थे । तर, स्थलगत रिपोर्टिङका क्रममा टाढाबाट चिटिक्कै देखिने यो वस्तीका वासिन्दाको अवस्था भने त्यस्तो चिटिक्क पाएनाँै, बरु बैंकको ऋण तिर्ने चिन्ता र पीडाले सताएको पायाँै ।

बाँकी दर्शकवृन्द तपाई आफै हेर्नुस् भिडियोमा हाम्रो कला टिभीले वस्तीमै पुगेर त्यहाँका वासिन्दासँग गरेको स्थलगत रिपोर्टिङ |