अंकितको अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’मा आग्रह र रक्षा (भिडियो)

गायक अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ गीतको भिडियो सार्वजनिक भएको छ । शशी बिक्रम थापाको शब्द , संगीत रहेको गीतमा विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ ।

शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा आग्रह श्रेष्ठ र रक्षा थापाको मुख्य भूमिकामा अभिनय रहेको छ भने अन्य कलाकारमा प्रजन पौडेल र शुभम गणेशको अभिनय देख्न सकिन्छ ।

रोमियो गुरुङ र विशाल डोटेलको सह निर्देशन रहेको भिडियोको आर्ट निर्देशनमा विकाश जोशीलाइ देख्न सकिन्छ । आयुष श्रेष्ठको छायाकंन रहेको भिडियोमा शिव खाण्ड ठकुरी र रोमियो गुरुङको सम्पादन रहेको छ । भिडियोलाइ सुमन कोइरालाले कोरियोग्राफी गरेका छन भिडियोको कथा सन्तोष पौडेल,शिव खण्ड ठाकुर र जनक बहादुर श्रेष्ठको रहेको छ ।

गायक श्रेष्ठको सुमधुर आवाजमा यस अघि नै ”लजाएर” बोलको गीत सार्वजनिक भईसकेको छ । दर्शक श्रोताको राम्रो साथ बटुलेको उक्त गीतमा संगीत सुजन चापागाई र शब्द शैलेस गिरीको रहेको थियो । गायक अंकित अमरु श्रेष्ठ चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको ब्याटल राउण्ड सम्म पुगिसकेका छन् ।