ज्वाला संग्राैलाद्वारा क्रिकेट रंगशाला निर्माणका लागि ५ लाख ६२ हजार रुपैयाँ हस्तान्तरण !

लेखक तथा समाजसेवी ज्वाला संग्राैलाद्वारा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि व्यक्तिगत तवरबाट पचास हजार रुपैया र अन्य विभिन्न सहयोगि मनहरुबाट सङकलित पाँच लाख बाह्र हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गर्नुभएको छ। अभियानमा जोडिएर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुप्रति कृतज्ञता जायर गर्दै धन्यवाद दिनुभएकाे छ।

सामाजिक संजाल फेसबुकमा उहाले सहयोग गरेको जानकारी गराऊनु भएको छ , उहाले लेख्नु भएको छ :

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि आफ्नो ब्यक्तिगत ५० हजार रुपैया सहित अन्य विभिन्न सहयोगि मनहरु बाट सङकलन भएको ५ लाख १२ हजार रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेकी छु । यस सहयोग अभियानमा जोडिनुभएकोमा सम्पूर्ण सहयोगि मनहरुप्रति हार्दिक नमन, हार्दिक आभार ! म नेपाल आउने बितिकै हस्तान्तरण गर्ने सोचेकी थिॅए तर केहि सहयोगी मनहरुले बोलेको रकम आईसकेको थिएन र अभियान अझै केहि समय चलोस् भन्ने उदेश्य पनि थियो ! ज जस्ले प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो सहयोगको , वहॅाहरुले सकेको बेला आफै बुझेर पठाईदिनु हुनेछ भन्ने पनि आशा लिएकी छु ! कोभिडको महामारी बीच पनि तन मन धनले सपोर्ट गर्नुहुने सबैलाई फेरिपनि धन्यबाद !

तपाईहरु पनि यस अभियानमा जोडिन चाहानुहुन्छ भने ०५६५९१९२८ , ०१४४८२९७१ , ९८५११७३०३४ वा info@dhurmussuntali.org मा सम्पर्क गर्नुहोला ।