‘पानी घैलाको’ युवराज आचार्य र सुनिता बुढाको आवाजमा सार्वजनिक (भिडियो)

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा पुराना तथा लोकप्रिय गायक युवराज आचार्यको नयाँ गीत पानी घैलाकाे भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट सो गीतमा आचार्यलाई आवाजमा सुनिता बुढाले साथ दिएकी छन् । सो सुमधुर गीतको शब्द विदुर शर्माले गरेका छन् भने लय सिर्जना गायक आचार्यकै रहेको छ ।

गीतलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन् भने काजीस,लोमस शर्मा र गरिमा शर्माको अभिनय रहेको छ । गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :