चिहान खन्ने झाक्री र काली चढेकी महिलाको भिडन्त,झाक्रीलाइ बान हान्दै आउँदा भुइमा पछारे, झाक्री नै डराए,(भिडियो सहित)

१२ बजे राती चिहान खन्ने झाक्रीलाई काली चढेकी महिलाले नसोचेको तान्डब देखाउदै अचम्मै गरेकी छिन । झाक्री नै डराएका छन । झाक्रीलाई नै सम्हाल्न हम्मे हम्मे परेको थियो । हेर्नेहरुको भिड एकाएक बढ्यो । झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढ्न थालेको छ । टाढा टाढादेखि धेरै मानिसको आगमन हुन्छ । आज सयौको संख्यामा आएका मानिसहरुको समस्या र जोखाना हेर्दै गरेका झाक्रीमाथी नसोचेको कुरा भएको छ । पाँच जना माताहरुको टोली झाक्रीको घरमा पुगेर काम्न थालेर झाक्रीलाइ नै घेरेपछी सबै मानिस डराउदै भागेका थिए । एक युवती झाक्रीमाथि उक्लिएपछी झनै माहोल अर्कै बनेको छ । केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।

उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झाक्रीको घरमा काली माता चढेकी महिलाले नसोचेको काम गरेकी छिन ।

झाक्रीलाई बान हान्दै आउँदा झाक्रीले रिसाएर महिलालाई भुइँमा पछारेका छन । आज मन्दिर भित्रै पसेपछि झाक्रीले मन्दिरभित्र नै ढालेका छन । एक्कासि महिलाको टाउको घुम्यो खुट्टा बट्टारियो झाक्री नै आत्तिए । झाक्री र काली चढेकी महिलाको एकाएक भिडन्त भएको छ । प्रत्यक्ष Live हेर्नुहोस । तलको भिडियोमा हेर्नुहोला तपाईंको होस उड्नेछ ।