गृहमन्त्री लाई ज्ञापन पत्र

मिति :- २०७७ माघ २८ गते

माननीय गृहमन्त्री रामबहादुर थापा बादल ज्यु
नेपाल सरकार गृहमन्त्रालय सिंहदरबार ,काठमाडौ

विषय :- ज्ञापनपत्र सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ निवासी १७ वर्षीय किशोरी भागरथी भट्टको यहि मिति २०७७ माघ
२२ गते विद्यालयबाट घर फर्किदै गर्दा बलात्कार पछि गरिएको बीभत्स हत्याको आज यतिका दिनसम्म पनि राज्यले अपराधी पत्ता लगाउन र कानुनी कठघरामा ल्याउन नसकेको प्रती हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल अत्यन्तै चिन्ताका साथ नेपाल सरकार लाई गम्भीर ध्यानाकर्षण गर्दछ । एक किशोरीमाथि भएको क्रुरतापुर्वक बलात्कार र हत्याको हाम्रो संगठन घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त घृणित कार्य गर्ने अपराधीलाई चाँडोभन्दा चाँडो पक्राउ गरि कडाभन्दा कडा कार्वाही गर्न र पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति दिलाउन नेपाल सरकार सँग जोडदार माग गर्दछ ।

विगत लामो समयदेखि बलात्कार ,हत्या ,हिंसा ,एसिड आक्रमण ,यौन दुर्ववहार ,चोरी डकैती ,भय ,त्रास ,धम्की लगायत अपराधीक घटनाहरु देशमा दिनानुदिन एकपछि अर्को गरि बढिरहनु र विगतमा घटेका घटनाहरु आजसम्म पनि किनार नलाग्नु ले राज्य र पुलिस प्रशासन प्रति जनता विश्वस्त हुन नसक्ने अवस्था सृजना भएको छ । कतै न्याय त मर्दैन ? भन्ने आशंकाहरु तमाम जनतामाझ पैदा भएको छ । नेपालको संविधान २०७२ ले नेपाली नागरिकलाई प्रत्याभूत गरिएको स्वतन्त्रता ,समानता ,न्याय जस्ता मौलिक हक अधिकार प्रदान गरेको परिप्रेक्षमा विगतका घटनालाई हेर्दा सम्पूर्ण नागरिकहरुले न्याय नपाउने अवस्था सिर्जना हुँदै छ राज्यका लागी यो हदैसम्मको लजास्पद विषय हो । कारण पटकपटकका सत्ता संचालक र राज्य गैरजिम्मेवार बन्नु ,अपराधी लाई राजनीतिक संरक्षण गर्नु ,खुकुलो कानुन बनाउनु र नियम कानुन नै पैसामा किनबेच गर्नु हो। त्यसैले यस्ता किसिमका रवैयादेखि राज्यका जिम्मेवार व्यक्तिहरु सचेत हुन र सम्पूर्ण नेपाली नागरिकलाई न्यायदिलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्न हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

धन्यवाद !

इन्चार्ज :- असिम आङबुहाङ्ग लिम्बु ( सुनिल )
अध्यक्ष :- रमेश बसेल ( करन )