४ वर्षिया बालिका बलात्कृत गोरखामा

२६ माघ, गोरखा : गोरखामा बिधालय छुट्टी भएर घर फर्किदै गरेकी एक बालिका बलात्कृत भएकी छिन् । कक्षा १ मा अध्ययनरत ४ वर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १३ बर्षिया बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

बालकले विद्यालयको शौचालयमा बालिका बलात्कार गरेको बताइएको छ । यही माघ २१ गते उक्त घटना भएको र पिडित बालिकाकी आमाले २२ गते प्रहरीमा दोषीलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको थियो ।

बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले समान्य रहेको बताइएको छ ।