सबैले हेर्नुहोला भाग्य न्यौपानेको अनुरोध रबि लामिछाने भावुक भएको भिडियो

तात्तातो खबरका भाग्य न्यौपाने, कपुरबोट टिभीका सन्तोष देउजा, सुनौलो अनलाइन टिभीका मोहनराज शर्मा, सप्तरंगी संसारका रेशम बोहरा, नया नया न्युजका शिशिर भण्डारी, नेपाल अपडेटका मोहन बस्नेत ,क्यानाडा नेपालका रौनक निरौला, रमाईलो छ का उत्सब रसाइली, मेरो अनलाइन टिभीका विश्व लिम्बु, हेर्ने कथाका बिध्या चापागाई, नेपाल चित्रका किरण पौडेल लगाएतका संचारकर्मीहरु सम्मानित भएका हुन्।

वार्षिकोत्सवको अवसरमा चर्चित संचारकर्मी रबि लामिछाने, डा. सुरेन्द्र केसी ,बरिष्ठ संचारकर्मी ऋषि धमला लगाएतले शुभकामना सहित आफ्नो मन्तब्य व्यक्त दिएका थिए।

सिधा कुरा जनतासग एकदमै लोकप्रिय कार्यक्रम छोडेसगै पहिलोपटक रबि लामिछाने मिडिया सामुन्य आएका छन् ।कार्यक्रममा आफ्ना भनाईहरु राख्दै गर्दा अलिक भावुक हुँदै भन्छन् कि मैले अधिक्तम लडाईहरु बोलेरै जितेको छु तर यो एउटा लडाइ भने मौन रहेरनै जित्न चाहान्छु ।

मुलधारका मिडिया उपर आक्रोशित हुँदै रबि भन्छन् कि जब म एकदमै अन्यायमा थिए त्यतिबेला त्यो घटनालाइ लिएर कुनै पनि पक्ष मा भन्दा पनि घटनानै उजागर गर्न नखोजिएन् देख्दा दुखि भएको बताउछन् ।त्यति मात्रै हैन कहिलेकाही बिना कारणनै आँसु झर्दोरहेछ भन्दै भावुक समेत भए ।

न्युज २४ टेलिभिजनबाट बिगत ४ बर्षदेखि सञ्चालनमा आएको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तोता रबि लामिछानेले आफ्नो कार्यक्रमलाई पुर्णबिराम दिदै न्युज २४ नै छाडेका हुन् ।

चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच विवाद सुरु भएको थियो । रविले न्यूज २४ सँगको करिब पाँचवर्षे सहकार्य टुङ्ग्याएसँगै कपिराइटको विवाद उब्जेको हो ।

रविले ‘सिधा कुरा’ केही समयको विश्रामपछि नयाँ सोच र स्वरुपमा आफूले पुनः सञ्चालन गर्ने टेलिभिजन स्क्रिनबाटै घोषणा गरेका थिए । उनले फेरि छिट्टै आउने भन्दै सामाजिक सञ्जालबाट ‘सिधा कुरा’ का लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् ।

उता, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रसारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ । ‘रविजी कार्यक्रमको प्रस्तोता मात्रै हो, प्रस्तोताले संस्था छोड्ने वित्तिकै कार्यक्रम स्थगित वा बन्द हुँदैन’ न्यूज २४ टेलिभिजनका महाप्रबन्धक सुधीर राजभण्डारीले भने, ‘नियमित तालिकाअनुसार कार्यक्रम प्रसारण हुन्छ, रोकिन्न ।’

‘सिधा कुरा’को कानूनी अधिकार आफूसँग सुरक्षित रहेको भन्दै उनले आफ्नो सहमति र सहभागिता विना कसैले पनि लहडका भरमा कार्यक्रम सञ्चालन गर्न नसक्ने दाबी गरे ।

हेर्नुस् भिडियो सामाग्रि ;