सुनको भाउ ह्वात्तै बढ्यो, तोलामै ६ सयले बढ्यो…

आज सुनको भाउ प्रतितोला छ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ।काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवै धातुको भाउ बढेको हो।

आज सुनको भाउ प्रतितोला छ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार छ सय रूपैयाँ छ। यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय १० रूपैयाँ कायम गरेको छ।चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो।