विवाह वर्षगाठ सम्बन्धी गीत ‘आज हाम्रो विहे वर्षगाठ…’को भिडियो सार्वजनिक – बिहेको भिडियो

काठमाण्डौ २४ माघ ।

गायक धुर्व विश्को र गायिका पार्वती बुढाथोकीको स्वर रहेको विवाह वर्षगाठ सम्बन्धी गीत ‘आज हाम्रो विहे वर्षगाठ…’को भिडियो सार्वजनिक भएको छ । गीतमा पार्वतीकै शब्द र सङ्गीत रहेको छ । भिडियोमा नारायण रिजालको निर्देशन, रोशन बुढाथोकी र प्रतिज्ञा भण्डारी मुख्य कलाकारका रुपमा रहेका छने भने पार्वती र प्रियाराम बुढाथोकी साथमा बालकलाकार आस्तिक रिजाल र सिंचन केसीको पनि अभिनय रहेको छ । रिजालको निर्देशनमा रहेका धेरै गीतका भिडियो लोकप्रिय रहेका छन् ।

यो गीतमा पनि आफ्नो टिमले राम्रो भिडियो दर्शकस्रोतामाझ ल्याउने प्रयास गरेको उनले बताए । दृश्य निर्माण शिवकैलास कला मन्दिरको रहेको भिडियोमा राहुल राईको छायाँकन, शृङ्गार नरेश खरेल, आर्ट डाइरेक्टर कृष्ण नेपालीको छ ।