प्रचण्ड माधवको हड्ताको खबर, अख्तियार प्रमुख प्रेम राईले के गर्छन् अब ? राजा स्विकार्न सकिने विषय जोडेर मन्त्रीले प्रचार गरे, देश कता जाँदैछ ? हेर्नुहोस माघ २२ गतेका मुख्य समाचारहरु

नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । नेपाल प्रहरीले स्कर्टिङ गरेर समेत केही सार्वजनिक सवारीलाई बाहिर पठाएको छ । उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् । पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् ।

काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुक र जनताप्रति इमान्दारी र निष्ठापूर्वक काम गर्ने बताएका छन् । बुधबार पदभार ग्रहण गर्दै उनले आयोगको साखलाई अझ उचाइमा पुर्‍याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने पनि बताए । विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत विभिन्न निकायहरूमा काम गर्दाको अनुभवबाट भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने पनि राईले प्रतिवद्धता जनाए ।

यता शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले देशमा राजा रहने परम्परालाई पुनः स्वीकार गर्न सकिने संकेत गरेका छन् । नेकपाको केपी ओली पक्षले नारायणहिटी दरवार अगाडि बृहत जनसभा आयोजना गर्नु दुईदिन अघि श्रेष्ठले यस्तो संकेत गरेका हुन् । नेकपा ओली पक्षको वाग्मती प्रदेशले माघ २३ गते राजतन्त्रको आस्थाको केन्द्र मानिने नारायणहिटी दरबारको गेटमै आमसभा गर्न लागेको छ । हेर्नुहोस माघ २२ गतेका मुख्य समाचारहरु :