न्याय माग्दै प्रहरी चौकीका सुष्मा कार्की भन्छिन्ः श्वेता खड्काले केटा लगाइन्, बैनीले कुटिन् ! (भिडियो सहित)

अभिनेत्री श्वेता खड्का र उनको बहिनीले हातपातसँगै दुर्व्यवहार गरेको उजुरी लिएर अर्की अभिनेत्री सुष्मा कार्की प्रहरी चौकी पुगेकी छिन् । सुष्माले श्वेताको बहिनी आरती खड्काले आफुलाई हातपात गरेको तथा श्वेताले केटा लगाएर कुट्ने धम्की दिएको भन्दै महानगरिय प्रहरी दरबारमार्गमा उजुरी दिएकी हुन् ।

चौकीमा पुगेकी सुष्माले पत्रकारहरुसँग कुरा गर्दै आफुमाथी हातपात र दुर्व्यवहार भएको भन्दै आवश्यक कारबाहीको माग गरेको बताइन् । सोमबार राती दरबार मार्ग कै लण्डन पबमा सुष्मा र श्वेता खड्काको टिमबीच लफडा भएको थियो । उक्त झगडा हुँदा श्वेताका श्रीमान र रंग पत्रकार उत्सव रसाईली समेत सँगै थिए ।

भिडियोमा हेर्नुहोस् सुष्माको आक्रोश र पीडाः