शिशिर पछिको बसन्तलाई जीबनमा स्वीकारेर! कर्मको दुर्भाग्य लाई भाग्यमा अंगालेर!

जानकी पन्त (जुनु)
काल्पनिक संसार देखि बहिरिएर, आफूमै सम्हालीएर, आफूमै अंगालिएर,
आफै देखि नथाकेर,
मृत्यु देखि नभागेर, संघर्ष देखि नआत्तिएर ,
शिशिर पछिको बसन्तलाई जीबनमा स्वीकारेर! कर्मको दुर्भाग्य लाई भाग्यमा अंगालेर!
बाँधिएको मन लाइ खुल्ला आकाशमा उडाएर,
कुण्ठिएको मुटु लाइ उन्मुक्त खुलाएर!

परिवर्तन खोज्ने पाइलालाई निर्धक्क अघि बढाएर!
बोझिलो मन लाई हावामा हल्का झुलाएर!
निरस जीबनलाइ अनेकन रंगमा रंगाएररं!
कुण्ठित शब्द लाइ मिठो धूनमा सजाएर!
नमेटीएका छापलाई आफैमा मेटाएर!
नकोरिएका भाग्य लाइ जीबनमा फेरि कोरायेर!
अन्तर मनको आवाज लाई प्रकृतीमा खुलाएर!
नभेटीएका खुशीलाई आफै भित्र भेटाएर!
अनिश्चित यात्राको अस्थिरतालाई यात्रामा फेरि चलाएर!

जीवन भोगाईमा दुखेका बेदना र चस्केका सम्झना लाई, मनको अन्तराल भित्र दबाएर! रुझेका तिर्सना , दवेका भावना, नयनमा टुटेका सपना
हृदयमा दबेका आशा र जिज्ञासा लाई आफुमा् फेरि जगाएर!

जीवनका अधुरा सपना र मनका अपुरा कामना हरु लाइ फेरि साकार बनाएर! मस्तिष्कमा कुण्ठिएका चाहना लाइ, अन्तर चेतनामा रुमलिने द्दन्द र प्रतिद्दन्दको मनको आवाज लाई उन्मुक्त खुलाएर!

एक उज्यालो दियालोको मृगतृष्णामा, त्यहि सडक पारि सम्म पुग्ने प्रतिक्ष्यामा आफु भित्रै हराएर…