युरोपियन युनियनले आफ्नो क्षेत्रमा बनेका खोप अन्य मुलुकमा निर्यात नगर्ने निर्णय गर्यो |

डा. रबिन्द्र समिर
युरोपियन युनियनले आफ्नो क्षेत्रमा बनेका खोप अन्य मुलुकमा निर्यात नगर्ने निर्णय गर्यो | यसको असर अमेरिका, क्यानडा लगायत धेरै देशमा परेको छ | अमेरिकाले पनि यहि नीति अबलम्बन गर्न सक्छ |

नेपालले पाउने खोप भारत र चीनको नै हो | एकपटक माननीय परराष्ट्रमन्त्रीज्यू तथा माननीय स्वास्थ्यमन्त्रीज्यू प्राबिधिक तथा प्रशाशक समुह लिएर भारत तथा चीन जानु आवश्यक छ | ती देशमा निशुल्क खोप कति पाउने ? छुटमा खोप कति पाउने ? तथा कहिलेको लागि प्रि बुकिंग गर्ने आदि बारे निर्क्यौल गरेर तथा किन्नुपर्ने खोपको पैसा तिरेर आउने हो भने खोप छिटो आउनेछ |

चीनले धेरै मुलुकमा खोप उपलब्ध गराएको छ | नेपाललाई खोप उपलब्ध नगराउनुमा चीनको चित्त दुखाइ हुनसक्छ | एकपटक आफ्ना नागरिकको स्वास्थ्य रक्षा गर्नको लागि नेपालले पहल गर्नु जरुरी छ | दुबैतिर रहेका राजदुतदेखि राष्ट्रपतिसम्म छलफल भएमा चीनले पक्कै पनि सहयोग गर्नेछ |

त्यस्तै कोभ्याक्स सुविधाबाट आउने खोपको लागि नेपालले फलो अप गरिरहनु पर्दछ |

सरकारले समयमै निजि क्षेत्रलाई कम्पनीको नाम र खोपको मुल्य तोकेर नेपाल ल्याउने अनुमति दिनुपर्छ | यसो भयो भने सरकारले सर्वसाधारणलाई निशुल्क खोप दिने तथा तिर्न सक्नेले निजि अस्पतालमा लगाउने ब्यबस्था मिलाउन सकिन्छ |
.
हाम्रा सुपरस्पेसिलिटी अस्पतालहरुले माइनस ८० डिग्री वा माइनस २० डिग्री तापक्रममा खोप भण्डार गर्न सक्नुपर्यो | डिपार्टमेन्टल स्टोरले कोल्ड चेन मेन्टेन गरेका हुन्छन भने हाम्रा छतमा हेलिकोप्टर बस्ने अस्पतालले अल्ट्रा कोल्ड चेन सिस्टम बनाउन सक्नुपर्छ |