नायक पल शाह र दुर्गेश थापाले ६५ रूपैयाँमै टन्न खाना खायर उद्घघाटन (भिडियो सहित)

काठमाडौंको अनामनगरमा आजदेखि ६५ रुपैयामै खाना खान पाइने भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको हाम्रो टिम नेपाल नाम सामाजिक संस्थाले सस्तोमा खाना खान पाइने व्यवस्था गर्न लागेको हो । न्युन आए भएका व्यक्तिलाई लक्षित गरी नाफा कमाउने भन्दा पनि सेवा दिने उद्धेश्यले सस्तोमा खाना उपलब्ध गराउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो ।

सरकारले गत बर्षको चैतमा एक्कासी लकडाउन गरेपछि विचल्लीमा परेका गरिव तथा मजदुरहरुलाई खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै आएको संस्थाले नै अहिले “हाम्रो खाना घर” खोलेको हो । खानाघरबाट भएको आम्दानीले तीनै गरिवहरुलाई निःशुल्क खाना खुवाउने उद्धेश्य रहेको अध्यक्ष पन्तले बताउनुभयो । दैनिक एक हजार जनालाई खाना खुवाउन सकिने उहाँको भनाई छ ।

खानाघर स्थापनाका लागि झण्डै २० लाख रुपैया खर्च भएको पनि उहाँले बताउनुभयो । सस्तोमा खाना घर संचालन गर्न र गरिवहरुलाई निःशुल्क खाना खुवाउनका लागि विभिन्न समाजसेवीहरुले सहयोग गरेको हाम्रो टिम नेपालका सदस्य विश्वबन्दु भण्डारीले जानकारी दिनुभयो ।

हाम्रो टिम नेपालले कपडा बैंक स्थापना गरेर गरिवलाई निःशल्क कपडा वितरण गर्ने अभियान पनि सञ्चालन गर्दै आएको छ । कपडा बैंक काठमाडौका विभिन्न ठाउँसँगै काठमाडौ बाहिरका विभिन्न जिल्लामा समेत अहिले पनि सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो ।

त्यहि उद्घाटनमा अहिलेका चर्चित दुई अनुहार पल शाह र दुर्गेश थापा पनि पुगेका थिए। पल र दुर्गेशले ६५ रुपिया तिरेर खाना पनि खाएका छन। खाना निकै मिठो र सफा भएको भन्दै तारिफ गरेका छन।

भिडियो हेर्नुहोस् :