बद्री पुडासैनिलाई मुखियाको भूमिकामा देख्न पाईने गीत ‘तीनपाने’ भिडीयो

सुधिर श्रेष्ठ र रियासा दाहाल पछिल्लो समय नीकै चर्चित मोडल तथा कलाकार हुन् । तिनै चर्चित अनुहारको एकसाथ रोमान्स गर्ने मौका एकपटक पुन: जुरेको छ । बिहीबार मेरो मनको टिभी नामक युट्युब च्यानल मार्फत एउटा भिडीयो सार्वजनिक भयो । सुधिर मुखियाको घरमा बसेर मुखियाकै छोरी (रियासा) लाइ पट्याउन सफल हुन्छन् । उक्त भिडीयोमा सुधिर र रियासाको जोडीले दमदार अभिनयका साथै खुब सुहाउदिलो तरिकाले डान्स पनि गर्छन् ।

बद्री पुडासैनिलाई मुखियाको भूमिकामा देख्न पाईने भिडीयो हो गीत ‘तीनपाने’को । गायक मिथुन सिवा तथा गायीका सृष्टि हिङमाङको स्वर रहेको गीतमा गायक सिवाले नै शब्द/रचना तथा संगीत भरेका छन् । गायक/गायीका मिथुन र सृष्टि रियल जोडी हुन् । निकै रोमान्टिक/कमेडी कन्सेप्टमा तयार पारिएको उक्त भिडीयोको कोरियोग्राफी दिपेन्द्र शाही ठकुरीले गरेका हुन् भने एरेन्ज तथा मिक्सिङ किसोर थापाले गरेका छन् । आर्टमण्डू स्टुडियोमा रेकर्ड गरिएको ‘तीनपाने’ मिथुन र सृष्टिको दोस्रो गीत हो । यो जोडीले यस अघि ‘तिम्रो छाती भित्र मुटु चल्छ मेरो’ गीत ल्याएर निकै चर्चा बटुली सकेका छन् ।