ओझेलमा परेकी मिनाको स्वरमा निलमणी मक्ख भय , यस्तो पो घम्सा घम्सी भनेको (भिडियो हेर्नुहोस)

पाल्पा जिल्लामा जन्मेकी ओझेलमा परेकी गायिका मिना श्रेष्ठ को आवाज सुन्दा पक्कै पनि कोइली को स्वर पनि फिका न पर्ला भन्न सकिदैन । हाल केहि समयको लागी काठमाडौँ मा बस्दै आएकी नव गायिका मिना श्रेष्ठ ज्यु संग स्कटनेपाल प्रस्तोता नीलमणि भण्डारी को बिशेस अन्तरबार्ता मा आफ्नो जीवनी र पिडा बाहिर पोख्ने प्रयास गर्नु भएको छ । संघर्ष पिडा को जीवन बिताई रहेकी गायिका आफ्नो बितेका समय उल्लेख गराउदै गित बाटै धेरै जानकारी गराउनु भएको छ ।

हुन् त उहाले अहिले सम्म स्टुडियो मा गित समेत गाउने मौका पाउनु भएको छैन तर पनि उहाको मिठो स्वर बरिस्ठ गायिका हरि देबी कोइराला को जस्तै मिठो सुनिन्छ । स्कटनेपाल संग को कुराकानी मा श्रेष्ठ भन्नु हुन्छ धेरै प्रयास गरे र अझै पनि गित संगीत को माहोल लाई बोकेर जिन्दकी संग सगै अगाडी बढेकी छु तर अझ सम्म आफ्नो प्रस्तुति हरु दर्शक माझ पुराउन असमर्थ भएकी छु । सायद आर्थिक कै कारण ले होला आफ्नै प्रयास मा स्टुडियो सम्म पुगेर गित गाउने हिम्मत जुटाउन सकेकी छैन ।

हेर्नुहोस उनि सग को मिठो अन्तर बार्ता र मिठो गित भिडियो :