“सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी मोडल अनिता गिरी सातौं नेशनल क्यापिटल अवार्डमा

मोडल अनिता गिरीले सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् ।

म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले अभिनय गरेको गीत लगन जु¥योबाट अवार्ड चुमिसकेपछि आफूलाई कामप्रति कर्तव्यबोध गराएका उनले बताइन् । अझै अभिनयको क्षमतामाथि चुनौति थपिएको बताउँदै उनले अवार्डले हौसला र प्रोत्साहन मिलेको बताइन् ।

उनले अभिनय गरेको गीतहरु माया सजाएर भर्खरै सार्वजनिक भएको छ । जुन गीतमा उनले एरिन तामाङसँग अभिनय गरेकी छन् । टीका बमजनको शब्द संगीत रहेको उक्त गीतमा जीवन तामाङ र मेचु धिमालले स्वर दिएका छन् । मुलुकभित्र हुने गरेका ब्यूटि प्याजेन्ट कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी मोडल अनिताले विज्ञापनहरुमा समेत अभिनय गरेकी छन् ।