‘बोलिदेउ आधार’ लोकप्रिय गायिका सम्झना भण्डारी र शिरिष देवकोटाको आवाजमा मौलिक रोइला गीत

लोकप्रिय पाल्पाली सर्जक तथा रोईला गीतका राजा भनेर चिनिने पाल्पाली गायक शिरिष देवकोटाको नयाँ गीत ‘बोलिदेउ आधार’ सार्वजनिक भएको छ ।लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो परिचय फाराकिलो बनाउन सफल शिरिष देवकोटाले नयाँ गीत ‘बोलिदेउ आधार’ पछिल्लो समयको चर्चित लोक गायीका सम्झना भण्डारीको युवटुव मार्फत डिजिटल बजारमा सार्वजनिक गरेका हुन् ।

गीतमा शिरिष आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने म्युजिक भिडियो समेत उत्कृष्ट बनाएका छन् । मौषम हिमालीको निर्देशन रहेको यो गीतमा प्रकास सपुत र गीत ढुङ्गानको उत्कृष्ट नृत्य साथै अभिनय देख्न पाइन्छ ।

यस गीतको स्वरमा शिरिषलाई साथ लोक गायीका सम्झना भण्डारीले दिएकी छन् । यस अगाडि शिरिषका दर्जनौ लोक तथा रोईला गीत बजारमा आइसकेका छन् ।