प्रहरी चौकी छेउमै श्रीमानको कुटाईबाट श्रीमतीको मृ^^त्यु (भिडियोसहित)

पथरी । मोरङको कानेपोखरी अस्थाई प्रहरी चौकी नजिकै श्रीमानको कुटपिटबाट श्रीमतीको मृ^^त्यु भएको छ भने श्रीमान फरार रहेका छन् ।

मादकपदार्थ सेवन गरेका ३५ बर्षिय बद्रि मरीकले कान्छी श्रीमती ३० वर्षीया मालो ऋषिदेवलाई निर्घात कुटपिट गरेपछि उनको मृ^^त्यु भएको हो । घटना गत सोमबार दिउँसो २ बजे भएपछि माइती पक्षले भोलिपल्ट मात्र थाहा पाएको मृ^^तकका काका कुसुमलाल ऋषिदेवले बताए । उनले मृ^^तक मालो ऋषिदेवको शरिरमा निलडाम, मुखभरी फिज भएकाले ह^^त्या गरेको भन्दै प्रहरीसँग छानविनको माग गरेका छन् । श्रीमान बद्रि मरिक भने भोलि पल्ट विहान मात्र भागेको स्थानीयहरुले बताएका छन् ।

उनिहरु पहिले देखि नै कानेपोखरी चोकको सार्वजनिक शौचालयमा काम गर्दै आएका थिए । बद्रीकी जेठी श्रीमती लालु मरिक पनि सँगै बस्दै आएकी छन् । उनिहरु शौचालय सँगै जोडिएको झुप्रोमा बस्दै आएका छन् । मृ^^तकका १ छोरा र १ छोरी छन् । प्रहरीले यसको छानविन गर्नुपर्ने आदिवासी जनजाती महासंघ कानेपोखरीका अध्यक्ष भोजविर माझीले बताए ।

पूर्वपश्चि राजमार्गको दक्षिणमा सार्वजनिक शौचालय र उत्तरमा अस्थाई प्रहरी चौकी लगभग ४० मिटरको दुरीमा छन् । फरार रहेको श्रीमानको खोजिकार्य भईरहेको अस्थाई प्रहरी चौकीका असई सिताराम थापाले बताए ।