शशी के.सी : छाउगोठ त भत्काईयो तर कुसंस्कार भत्काउने कहिले ?

शशी के.सी
समय नै यस्तो छ आजकल,कोरोना भाईरसको महामारी उस्तै छ।झन् अहिले अमेरिकामा नॅंया राष्ट्रपति आए देखि त नियमहरू कडा गरेको छ।अनि साथै आफ्नै सुरक्षाको लागि पनि अत्यावश्यक काम बाहेक बाहिर जाने गरेको छैन।अब यसरी घर बसिरहॅंदा नपढौं भन्दा पनि अनलाईन पत्रिकाहरू पढ्न पुगिहालिन्छ।

आज बिहान अमेरिकाबाट निस्कने अनलाइन पत्रिका ‘इनेपलिज’ हेर्दै थिंए।एउटा समाचार पढ्न पुगें। “ छाउपडि प्रथाले दिएको शास्ती: सुदूर पश्चिमको पहाडी जिल्ला अछाममा पछिल्लो एक महिना यता छाउगोठ भत्काउने कार्यलाई तिब्रता दिइएको पाइएको छ।अछामको एक ग्रामिण वस्तीकी महिला छाउगोठ भत्काइए पछि घरको भूँई तलामा ढोका बाहिरढोको भित्र टाउँको हालेर सुतिरहेको अवस्थामा।( शब्द तस्वीर : वीरेन्द्र रावल ) स्मरणरहोस् रजश्वला भएको समयमा घरभित्र बसे देउता रिसाउँछन् भन्ने कुसंस्कारका कारण महिलाहरु अँझै पनि छाउपडि प्रथालाई अँगालिरहेका छन्।”

ओहो, यो समाचार र फोटो हेरे पछि धेरै बेर सम्म स्तब्द नै बनायो।केही सोच्नै सकिन।अहिले पनि यस्तो छ अवस्था यो तअति भएन र भन्या।ती महिला पनि कसैकी श्रीमती,आमा,हजुरआमा होलिन।आफु पनि महिला,महिनावारी हुदां त्यसै पनि कति अफ्ठ्यारो महशुश हुन्छ।चिसो भुईंमा त्यसरी सुत्दा ती महिलालाई कस्तो अनुभव भयो होला।फेरी एक पटक हो र बर्षमा १२ पटक ४-५ दिन त्यसरी सुत्नु पर्यो।अनि घरका अरू सदस्यहरू,आफ्नो घरको एक सदस्य यस्तो बिजोगले सुतेको देख्दा देख्दै,कसरी आफुहरू सुविस्थाले ओछ्यानमा सुत्न सकेका होलान् ? कता गयो तिनीहरूको मानवता ?

हामी देश बिकासका महिला अधिकारका कुरा गर्छौं।तर समाज कुन युगमा छ त ? कसले दिने यी महिलाहरूलाई न्याय र अधिकार ? हो छाउगोठ भत्क्याईएको यो पहिलो पटक हैन।यस भन्दा अघि पनि जब कुनै महिलाको छाउगोठमा मृत्यु भयो।अनि जताततै बाट छाउपडी प्रथाको बिरोध भयो र समाचार बन्यो। छाउगोठ भत्क्याईए।केही समय पछि सबै कुरा सेलायो। समस्या जस्ताको तस्तै।

मेरो बिचारमा अहिले जसरी छाउगोठ धमाधम भत्क्याईंदैछ।त्यो कार्य जारी नै राख्नु पर्छ।साथ साथै समाज भेला गरेर छलफल गराउनु पनि जरूरी छ।समाजमा भएका कुसंस्कारलाई जरै बाट उखेल्न सजिलो छैन।बरू भेलामा महिला,पुरूष,धार्मिक गुरू,धामी झाक्री,बैध,स्वास्थ्यकर्मी आदीलाई संलग्न गराउनु पर्यो।त्यस्तै स्कुलहरूमा पनि स्वास्थकर्मीलाई बोलाएर महिला स्वास्थ्य शिक्षा र सरसफाई बारेमा कुनै कार्यक्रम गराउनु पर्यो।

अझ त्यो क्षेत्र बाट राजनीतिमा आएकाहरूले त्यॅंहाका जनतालाई चुनावमा भोटको लागि मात्र काम लाग्ने जस्तो गर्न भएन।आफ्नो क्षेत्रमा रहेको यस्तो ठुलो ‘छाउप्रथा’ कसरी हटाउने,केही त कदम चाल्न पर्यो।केही सरकारी बजेट नै ल्याउन सकिन्छ।गर्न चाहे नहुने केही छैन।

समाजका सबै भन्छन् देउतै रिसाउॅंछन्।घरभित्र सुत्न दिन मान्दैनन् भने किन सबै मिलेर अलिक फराकिलो धेरैजना अटाउने सामुदायिक ‘ छाउघर’ नै नबनाउने त ? वा कसैको खाली घरलाई पनि छाउघरको रूपमा लिन सकिन्छ।यसो गर्दा कमसे कम महिलाहरूले महिनावारीको बेला सुविस्थाले सुत्न त पाउॅंछन्।
– इनेप्लिज