प्रम को गृह जिल्लामा योजना अनुगमन बिनै रकम फरफारक ,चौबिस लाखको लगानि बालुवामा पानी

युबराज रेग्मी, १३ माघ , झापा
प्रधानमन्त्रीको गृह जिल्ला झापाको गौरादह नरपालिका वडा न ६ स्थित सिंगियाडुब्बामा पर्ने एउटा कल्भर्ट को कथा बिचित्रको छ । चौबिस लाख बजेट लगानी लगाएर प्रधानमन्त्री केपि सर्मा ओलिको निर्बाचन छेत्र समेत पर्ने दामुना सिङियाडुब्बामा निर्माणाधिन उक्त कल्भर्टको बर्तमान अवस्था देख्दा जो कोहिको मन नरसाउला भन्न सकिन्न ।

बाटो समेत नभएको स्थानमा सरकारको मोटो बजेट रकम खर्चिएर निर्माण सुरु गरिएको उक्त कल्भर्ट निर्माण सप्पन्न नहुदै भत्किइसकेको छ । कल्भर्ट निर्माण कार्यमा नगर उपप्रमुख गिता भेट्वाल संयोजकत्वको अनुगमन समिती , स्थानिय उपभोक्ता समिती , निर्माण ठेकेदार कम्पनी चिमोरिया कन्स्ट्रक्सन कम्पनी प्राली र नगरपालिकाका इन्जिनियरको चरम लापरबाही कल्भर्टको हालको दर्दनाक अवस्थाले छर्लङ्ग पारिदिन्छ ।

कम गुणस्तर र आवस्यक भन्दा कम निर्माण सामाग्री प्रयोग गरेर निर्माण गरिएको उक्त कल्भर्ट निर्माणाधिन अवस्थामानै आफै भत्कदै गएको प्रष्ट देखिन्छ । मोटो बजेट खर्चिएर निर्माण हुँदै गरेका यस्ता महत्वपूर्ण बिकास निर्माणका योजनामा सम्बन्धित निकायले आवस्यक ध्यान पुर्याउन नसक्नु दुर्भाग्यपुर्ण रहनुका साथै निर्माण अनुगमनमा रहने इन्जिनियर र निर्माण ठेकेदार हरुको कार्यसैली पनि संकास्पद देखिन्छ ।

प्रधानमन्त्रीको गृह जिल्ला झापामा एकातिर अर्बै खर्च गरेर भ्यु टावर निर्माण गरिदै गर्दा नजिकैका पालिका हरुका जनता भने आधारभुत पुर्बाधारको अभाबमा बर्सौ देखि सास्ती भोग्न बाध्य छ्न ।प्रदेश सरकार द्वारा बिनियोजित रु १४ लाख र गौरादह नगरपालिका द्वारा बिनियोजित रु १० लाख गरि जम्मा रु २४ लाखको सो योजना उपभोक्ता समिति मार्फत सम्पन्न गराइएको देखिन्छ ।

सार्वजनिक खरीद नियमावली २०६४ को परिच्छेद ९ अन्तर्गत धारा १७ को उपधारा १० मा उपभोक्ता समितिले आफुले जिम्मा लिएको काम कुनै निर्माण ब्यवशायी वा ठेकेदार मार्फत गराउन पाइदैन तर यस योजनामा उपभोक्ता समितिले सो कल्भर्ट बनाउने जिम्मा चिमोरिया कन्सट्रक्सन कम्पनी प्रा. लि. लाइ दिइएको उपभोक्ता समितीका अध्यक्ष बासुदेव सिँह गन्गाईले स्विकारेका छन् ।

जम्मा ३ वटा पिलर बनाउनु पर्नेमा समय अभावका कारण दुईवटा मात्र निर्माण सम्पन्न भएकोले २४ लाखमा साढे तिन लाख कटौति गरि २० लाख ५० हजार रकम भुक्तानी भैसकेको उपभोक्ता समितिका अध्यक्ष गन्गाईले बताए । योजना फरफारक गरेर रकम भुक्तानी दिनु अघि काम सम्पन्न भए नभएनको प्राबिधिक जाच सहित अनुगमन गर्न नगर उपप्रमुख गीता भेटुवालको सँयोजकत्वमा इञ्जिनियर सहितको अनुगमन समिति गठन गरिएको देखिन्छ ।

उपप्रमुख भेटुवालको आयोजना नगरपालिकाको अनुगमन समितिले योजना अनुगमन नगरेेसम्म कुनै पनि योजनाको रकम भुक्तानी दिन नमिल्ने नगरको प्राबधानमा उल्लेख छ । तर यो कल्भर्टको अनुगमन गरेको आफुलाई सँझना नै नभएको उपप्रमुख भेटवालले सन्चारकर्मि माझ बताउदै आएकी छन ।

यश बारे जिज्ञासा् राख्दा कहाँ निरको आयोजना हो भन्नेमा आफै एकिन नभएको उनी बताउछिन । यसरि अनावश्यक ठाउँमा बिकासका नाममा निर्माण गरिने योजनाले जनताले खर्चिएर तिरेको कर मार्फतको मोटो रकम स्थानिय तहमा पुगेर कसरी दोहन हुदो रैछ भन्ने तितो यथार्थ यश आयोजना निर्माणको कार्यसैलिले चित्रण गर्दछ । निर्माण अनुगमनका नाममा अनुगमन समिती र इन्जिनियर हरुले मोटो भत्ता रकम असुल्दै आएता पनि यस्ता लथालिङ्ग अवस्थाका बिकासे कार्यले स्थानिय निकायहरुमा सस्थागत भ्रस्टाचारको चाङनै हुनेमा दुइमत देखिन्न । कल्भर्ट निर्माण कार्यका लागि बनाइदै गरेको दुई वटा बेस पिलर गुणस्तरहिन बनिदा सरकारले खर्चिएका अधिकाम्स लगानी हरु बालुवामा पानी घोप्ट्याए सरह बन्दै गएको देखिन्छ ।