हेर्नुहोस् रमेश प्रसाईको आवाजमा रेकर्ड गरिएको पहिलो गीतको भिडियो : ‘जुनी बित्यो अरबको खाडीमा’

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा प्रखर वक्ता तथा गायक रमेश प्रसाईको स्वर रहेको ‘अरबको खाडीमा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रोजगारीको सिलसिलामा विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको ‘अरबको खाडीमा’बोलको गीतमा प्रेम चौलागाईको शव्द, चर्चित गायिका मिलन नेवार र रमेश प्रसाईको स्वरमा रहेको गीतलाई चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत शृजना गरेका छन् ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा नेपाली भुगोल, संस्कृति, प्रेम र नेपाली युवाहरुको दर्द उतार्ने प्रयास गरेको निर्माण यूनिटले जनाएको छ । प्रेम आदित्य म्यूजिक युट्युवबाट सार्वजनिक भएको गीतको भिडियोमा मोडेल योगेन्द्र राई र सेसुका राईले अभिनय गरेका छन् ।

जसमा टिकटक बनाएर सबैभन्दा बढी भ्यूज बटुल्ने प्रतिस्पर्धीलाई पुरस्कृत गरिने बताइएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार नगद दिइनेछ । उत्कृष्टलाई अर्को गीतको भिडियोमा अभिनय गर्ने अवसर दिइने निर्माता तथा गीतकार चौलागाईले ओएस नेपालसँगको कुराकानीमा जानकारी दिए ।

ओएस नेपालसँग कुराकानी गर्दै चौलागाईले भने यो गीतले प्रवासमा रहेका नेपाली दाजुभाईहरुको मन मष्तिष्क नै छोएको छ । उहाँहरुले मलाई फोन नै गरेर कस्तो मर्मस्पर्शी शैलीमा हाम्रो मर्म भिडियोमा उतारेको भन्नुभएको छ ।

हेर्नुहोस् रमेश प्रसाईको आवाजमा रेकर्ड गरिएको पहिलो गीतको भिडियो :