देश असफल हुनु हुँदैन , म असफल भएर केही हुँदैन, अब जनतासँग मिलेर गरिबी लखेट्ने अभियानमा छौ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असफल भए पनि देश असफल बनाउन नहुने बताउनुभएको छ ।

दाङको देउखुरीमा वृहत् जनसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले शिक्षा, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको उल्लेख गर्नुभयो ।‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ प्रधानमन्त्रीको भनाइ थियो ।

नेपालमा कसैको पनि भोकैले मृत्यु नहुने दोहोर्‍याउँदै सरकारले सडक मानवमुक्त मुलुक बनाएको बताउनुभयो ।

“अघिल्लो वर्षको तुलनामा यसवर्ष कति पुल बने ? म तथ्याङ्क दोहो¥याउन चाहन्नँ । ९५ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेका छन् । सडकमा कोही बालबालिका, वयोवृद्धहरू कोही सडकमा छैनन् । कोही भोकै छैनन् । नेपाली युवाहरूले विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दैछौँ । बालबालिका लागि शिक्षा, वयस्कका लागि तालिम, स्वरोजगारका कामहरू, उद्यमशीलताका लागि सहुलीयत दरमा ऋणको योजनामा सरकार छ,” उनले भने ।