अन्तत यसरि रेकर्ड गरियो सचिन परियार र रचना रिमालको पहिलो गीत, पेट मिची मिची हँसाए

काठमाण्डौ । विगत केहि समय यता विभिन्न सामाजिक सञ्जालमा गीत गाएर भाईरल बनेका गुल्मीका सचिन परियारको आफ्नै आवाजमा नयाँ गीत रेकर्ड भएको छ । कमला घिमिरे अशोक दर्जी लगायतका प्रतिभाहरु भन्दा नित्तान्त फरक प्रतिभा छ सचिनको । सचिन परियार सानै उमेरमा सबैलाई चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाका धनी हुन । गाउघरमा आजकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा सही र उचित प्रतिभाहरुले सही स्थान पाईरहेका छन ।

हो आज उनी सचिनको अर्को गीत “सेतो कपास” भव्यताका साथ् सुटिङ सम्पन्न भएको छ | रचना रिमालको स्वर र अभिनय रहेको उक्त गीतमा सचिन परियारकै स्वर र अभिनय पनि रहेको छ साथमा अर्जुन कुँवर, रिना थापा र सबिन क्षेत्रीको पनि अभिनय रहेको छ | हसाउने कलाले माहिर सचिनको यो भिडियोमा नया प्रस्तुति र केहि नयाँपन अबश्य मिल्नेछ र गीतले पनि सबैलाई मनोरंजन दिलाउने छ | गीत अबको ३ दिन भित्रमा ओठ खोलेर आएकै च्यानेल लेकसाइड टिभीमा आउदै छ – हेरौ