डाक्टरले औषधि गर्न नसकेका र म%र्न लागेका मान्छेलाई बचाउने धिमाल,तपाई समस्यामा हुनुहुन्छ अवश्य पुग्नुहोस,निशुल्क गर्छन उपचार (भिडियो सहित)

उर्लाबारी । निक्कै ठूला र नाम चलेका अस्पतालले निको पार्न नसकेर ‘डिस्चार्ज’ दिएका बिरामीहरूको सफल उपचार गरे पनि मोरङको उर्लाबारी—८ का ८३ वर्षीय वीरबहादुर धिमालको चर्चा हुने गरेको छैन ।

जुम्ल्याहा धिमाल दाजुभाइका रुपमा परिचित धिमालको दाजु बखतवीरको ६ वर्षअघि निधन भइसकेको छ । दाजुभाइ मिलेर धेरैको जण्डिसको उपचार गरे। दाजुको निधनपछि आफू एक्लैले उपचारको काम गरिरहेको वीरबहादुर बताउँछन् ।
धिमालले ०१७ सालदेखि सोही ठाउँमा बसेर आयुर्वेदिक पद्धतिबाट जन्डिस, वाथ, रक्तश्राप र एलर्जीको उपचार गराइरहेका छन्। उनले आफ्नै बाबु तिल्कुरामबाट यो उपचार पद्धति सिकेका हुन् ।

वीरबहादुरका अनुसार आयुर्वेदिक उपचार पाँच पुस्ताअघिदेखि नै धिमाल परिवारले गर्दै आएको हो । उनले आफ्नो उमेर ढल्कदै गएकोले उपचार गर्ने तरिका र जडिवुटीको नाम आफ्ना छोराहरूलाई सिकाइसकेका छन् ।
सम्झनायोग्य घटना सुनाउनु न भन्ने जिज्ञासामा वीरबहादुरले भने, ‘उसबेला नाम ठेगाना राख्ने चलन नै थिएन । ०२५ सालमा भारतको सिलगढीबाट एक जना अद्र्धचेतकी महिलालाई उपचारका लागि उनका आफन्तले ल्याएका थिए। भारतका ठूला अस्पतालमा उपचार असम्भव भएपछि जुम्ल्याहा धिमालले नेपालमा उपचार गर्छन् भन्ने सुनेर उनीहरू उर्लाबारी पुगेका रहेछन् ।

१५ दिन आवासीय उपचार गरेपछि ती महिला हिँड्दै घर गएको घटना उनलाई आजसम्म पनि सपना जस्तो लागिरहन्छ । धिमालले धेरैको जीवनमा खुशी ल्याइदिएका छन् । वीरबहादुरले भने, ‘जन्डिसले मर्न लागेका बिरामीहरू ठम्ठम् हिँड्दै गएका धेरै घटना छन् तर साधारण लेखपढका जुम्ल्याहा दाजुभाइले प्रविधि र शिक्षाको अभावमा सबैको नाम र रेकर्ड राख्न सकेनन् ।