जनमुक्ति सेना नेपालको निम्ति कालो दिन

प्रेस विज्ञप्ति

आज माघ १० गते बहिर्गमित जनमुक्ति सेना नेपालको निम्ति कालो दिन हो ।

गणतन्त्र नेपाल स्थापनाको लागि १० वर्षे जनयुद्धमा सहभागी भएको हामि योद्धाहरूलाई कथित शान्ति प्रकृयाको नाममा तत्कालीन माओवादी नेतृत्व र सात राजनैतिक दलको सत्ता लिप्साको कारण हामी ४००८ योद्धाहरूलाई अपमानित गरि शिविरबाट बहिर्गमन गरेको दिन हो ।

मुलुक वर्तमान अवस्था सम्म आईपुग्दा अझै हामी स्वाभिमान ,पहिचान ,अधिकार र न्यायका लागि सडकमा संघर्षरत छौँ ।

अहिले आफुहरु सडकमा आएर आन्दोलन गर्नु पर्दा जनमुक्ती सेना सम्झिने लालगद्दारहरुले आत्मसमर्पण गरि आफ्नो स्वार्थ को लागि अन्याय पुर्ण ढंगले जनमुक्ती सेना बिगठन गर्यो आज त्यो अन्याय को भार हामिले बोकिरहेका छौ , तत्कालीन एमालेका माधव कुमार नेपाल प्रधानमन्त्री रहदा ,जुन आश्वासनका साथ हामीलाई शिविरहरूबाट निकालिएको थियो शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुराउने वहानामा तर विडम्बना आजसम्म हाम्रा माग मुद्दा र व्यवस्थापनका विषयमा सबै मौन छन किन ?

त्यसकारण हामी चाहान्छौ गणतन्त्रको बागडोर सम्हाल्ने जो सुकै हुन यधपि हाम्रो समस्याको समाधान नि:शर्त हुनुपर्छ । अन्यथा यसै दिनको जगलाई साक्षि राखि हामीले पुन:विद्रोह गर्न नपरोस । सबै सम्बन्धित पक्षहरूमा हाम्रा अपिल छ । हामी न्याय चिन्दछौ त्यो बाहेक अरू केही चिन्दैनौ । त्यसकारण सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाको योद्धाहरूले आ आफ्नो ठाउँबाट माघ १० लाई कालो दिवसको रूपमा मनाउन हार्दिक अपिल गर्दछौं । यसमा सम्पूर्ण न्यायप्रेमि जनसमुदायको अटल साथ रहन्छ भन्ने विश्वास पनि राखेका छौ।।

धन्यवाद ।
२०७७ माघ १० गते
इन्चार्ज :- असिम आङबुहाङ लिम्बू ( सुनिल )
अध्यक्ष :- रमेश बसेल ( करन )