अन्तर्राष्ट्रिय चर्चित भारत्तोलकरुप कार्की अब रहेनन

भावपूर्ण -हार्दिक श्रद्धान्जली –

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो!


विजय थापा ,डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा करिव डेढ दशक देखि बस्दै आएका नेपाली मूलका अन्तर्राष्ट्रिय चर्चित भारत्तोलक रुप कार्कीको असामयिक निधन भएको छ ।

सदाको लागी हामी सबैलाई छोडेर कहिले नफर्कने गरि बिदा लिएका छन् । नेपालमा भारत्तोलनलाई बिकाश गर्ने र आफूमा भएको शीप मातृभूमिलाई दिउ भन्ने उद्धेश्यले केही महिना अगाडी नेपाल पुगेका कार्कीको गत जनवरी २१ बिहिबारका दिन निधन भएको छ ।

हृदयघात भए पछि उपचारको लागि बुटवलबाट काठमाडौँ लाने क्रममा बाटैमा निधन भएको पारिवारिक श्रोत तथा उनका नजिकका साथीभाईहरुले जानकारी दिएका छन् ।

कार्की काठमाडौँबाट बुटवल गएका थिए भने काठमाडौँ लाने क्रममा मुग्लिन कटे पछि उनको निधन भएको हो । उनको अन्तिम संस्कार जनवरी २२ शुक्रबारको दिन काठमाडौँमा गरिने भएता पनि उनका भाई जापानमा भएकोले उनि १-२ दिनमा आए पछि अन्तिम संस्कार हुने भएको बुझिएको छ ।

अमेरिकामा रहेकी उनकी सुपुत्री आजै नेपाल उड्ने भएकी छिन । अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा उनको घर रहेको छ भने उनि श्रीमती ,छोराछोरीसंग बसोबास गर्दै आएका थिए । उनकी पत्नी शोभा सुबेदी कार्की हाल काठमाडौँमै रहेकी छिन ।

कार्की शरीर बनाउन कुनै औषधिको सेवन नगरेका (ड्रग टेस्टेड)समूहमा प्रतियोगितामा भाग लिने शक्तित्तोलक खेलाडी हुन् । नेपाली समुदायमा अमेरिकाको अहिलेसम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र भारत्तोलन खेलाडी हुन ।

अमेरिकामा विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिस्पर्धी रहने प्रतियोगिताहरुमा छनोट हुने कार्की पहिलो नेपाली मूलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागिता पनि जनाई स्वर्णपदक हासिल गरि सकेका छन् ।

कार्कीले सन् २०१९ मा मास्टर टु २२० पाउण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त जितेका थिए । यसै गरि उनले अमेरिकाको एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग प्रतियोगितामा आफ्नो वजन समूहमा स्वर्ण पदक अर्थात् मास्टर वान पदक समेत प्राप्त गरेका थिए ।

उनले यही माध्यमबाट नेपाल र नेपालीको नाम बिश्वमा चिनाउन सफल भएका थिए । नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै शक्तित्तोलनको नियमित प्रशिक्षणमा व्यस्त हुन्थे । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गर्थे ।

कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त शक्तित्तोलक हुन् । कार्की एनआरएनअमेरिकाको खेलकुद समितिमा पनि आबद्ध रहेका थिए भने उनको नेपाली समुदायसंग अत्यन्तै राम्रो जनसम्पर्क रहेको थियो । सबैसंग घुलमिल गर्ने र मृदुभाषी स्व कार्कीको निधनले नेपाली समुदाय शोकाकुल भएका छन ।

स्वर्गीय कार्कीको आत्माशान्तिको कामना सहित भावपूर्ण श्रद्धान्जली अर्पण !