आफैंलाई ‘ज्यान मुद्दा’बाट बचाउने कानुनविदमाथि ओलीले यस्तो भने, पुर्व माओवादी लडाकुले दिए ओलीलाई साथ, अब के हुन्छ ? हेर्नुहोस माघ ११ गतेका मुख्य समाचारहरु

घृणात्मक अभिव्यक्तिमा अग्रसर देखिँदै आएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा भइरहेको संसद विघटनसम्बन्धी बहसलाई ‘तमासा’को संज्ञासमेत दिएका छन् ।

विसं २०१४ सालमा अधिवक्ताको पहिलो लाइसेन्स लिने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा ‘बाजे’ भन्दै अपमान गरेका हुन् । उनलाई अदालतमा ‘तमासा देखाउन लगिएको’ समेत प्रधानमन्त्री ओलीले बताए ।जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनाको नेतृत्व नेकपा ओली समूहमा लागेको छ ।

पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनालाई ओलीले हेर्ने रे भन्दै भाषण गरेको भोलिपल्ट शनिबार प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुबै संगठनका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । उनले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् । हेर्नुहोस माघ ११ गतेका मुख्य समाचारहरु :