ओलीलाई दिए झलनाथ खनालले यस्तो चेतावनी, प्रचण्डले गल्ति स्विकार गरे, हेर्नुहोस माघ १० गतेका मुख्य समाचारहरु

नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’ नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन् ।

आफ्नो समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरे । यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे ।उनले अघि भने, केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन ।

अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुने रहेछ ।’ हेर्नुहोस माघ १० गतेका मुख्य समाचारहरु :