र्‍याप गीत ‘मुसेको छोरा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ ८ ।
र्‍याप गीत ‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक भएको छ । र्‍याप स्टार एल्बममा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपाली हिपहप रेकर्डसको प्रस्तुति रहेको गीतमा शब्द, सङ्गीत र र्‍याप साङ्गे तामाङ (यसटी म्यान)को रहेको छ भने मिक्सिङ तथा माष्टरिङ रुथलेशको छ ।

झोले टिमको छायाँकन रहेको गीतको भिडियोमा रवी तामाङको सम्मादन, राजु तामाङको कलर, विविके घतानीको एनिमेशन रहेको छ । गीतको भिडियो नेपालमै पहिलो अन्तर्राष्ट्रिय लेभलको र्‍याप गीत भएको निर्माण पक्षले दाबी गरेको छ । सार्वजनिक यो र्‍याप गीतको भिडियोले हुलिया हेरेर कसैले कसैलाई जज नगर्नु भन्ने सन्देश दिन खोजेको र्‍यापर साङ्गे तामाङले बताउनुभयो ।

झोले टिमकै निर्देशन रहेको गीतको भिडियोमा रामचन्द्र अधिकारी, शुसान्त घलान, शृजना तामाङ, भावना वराईली, ऋतु थापामगर, अञ्जना तामाङ, युनिका तामाङ, विनोद मगरलगायतका कलाकारको अभिनय रहेको छ ।