लोकप्रिय गायक मौसम गुरुङ र चाहना श्रीको आवाजमा ‘एक्लो हुनी बनायौ’ बजारमा

नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक मौसम गुरुङ र चाहना श्रीको सुमधुर आवाजमा नया लोकदोहोरी गीत’एक्लो हुनी बनायौ’ बजारमा आएको छ।गीतमा लोकप्रिय सर्जक शिब हमालको शब्द रहेको छ भने मौसम गुरुङको गीत भित्र सुमधुर संगीत रहेको छ। सदावहार गायकको रुपमा चिनिएका लोकप्रिय गायक मौसम गुरुङको पछिल्लो लोकदोहोरी यात्रा निकै फस्टाएको छ।

गीतमा लोकप्रिय गायक प्रकाश सपुतको भाइ देबेन्द्र बब्लु र रोशनी कार्कीको अभिनय रहेको छ।बास्तबिक प्रेम कथामा जोडिएको यो गीतमा एक प्रेमी प्रेमिकाको कहानीलाइ शब्दमा उनिएको छ।गीतको भिडियो निर्देशन भने देबेन्द्र बब्लुकै रहेको छ प्रविन भट्टको सम्पादन रहेको भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन्।हेरौ यो भिडियोनै: