स्याङ्जा फेदीखोला २ बाट युवाको उद्दार-यस्तो छ उनलाई आश्रम ल्याउनुको कारण (भिडियो सहित)

फेदीखोला गाउँपालिका वार्ड नम्बर २ बाट आज एकजना युवाको उद्दार भएको छ।

स्याङ्जामा रहेको अमोर सेवा नेपाल, बलगृहकी संचालीका कमला पराजुलीको बिशेष सहयोगमा आज बाटोमा अलपत्र युवाको उद्दार गरिएको हो। मानासिक्संतुलन अलि कम भएको देखिने युवाको घर परिवार कता हुनुहुन्छ भने हालसम्म पहिचान हुन् सकेको छैन। उनलाई पराजुलीको नेत्रितोमा नै पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा ल्याईएको छ ।

झट्ट हेर्दा डरलाग्दो पहिरनमा रहेका युवालाई यो पुष माघको जाडोमा उद्दार गरी नया जीवन दिन सहयोग गर्ने पराजुलीलाई मानवसेवा आश्रम कास्कीका उद्धार तथा पारीवारीक पुनःमिलन उप परिवारका संयोजक मेघमान श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन।

यस्तै उनलाई आश्रममा ल्याईसकेपछि संस्थाले गर्नुपर्ने सेवामा केहि कमि नरहने र यो जाडोको बेलामा कोहि पनि कतै अलपत्र परेको थाहा भएमा संस्थालाई जानकारी गराउनुहुन मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटाले अनुरोध गरेका छन।

हेर्नुहोस भिडियोमा आश्रममा आएपछि उनी यति राम्रा भएका छन |