रबि, सिधा कुरा र २४ न्यूज :

महेश भट्टराई ज्यु अमेरिका बाट लेख्नु हुन्छ :  अमेरिकामा राम्रै जमेर परिबार साथ बसेका रबि नागरिकताको समेत माया मारेर जन्मभुमी नेपाल फर्के !
अनि आफैले जानेको पुरानो पेशा मिडिया मै होमिए !
प्रम ओलि कार्यकालमा “सिधा कुरा प्रधानमन्त्री संग” बाट कार्यक्रम शुरू गरे !
तर प्रम परिबर्तन संगै प्रचन्ड प्रम हुदा निकालिए !
चोटमा छटपटिएका रबि न्युज २४ मार्फत आफ्नै नयां कार्यक्रम “ सिधा कुरा जनता संग” शुरू गरे !
बास्तव मै न्यूज २४ र सिधा कुरा लाई रबिले निकै उचाईमा पुर्याई दिए !

गरिब जनताका लागि प्रिय, न्यायालय र भगवान कै रूपमा साबित भए !
उचाईमा पुग्दै गर्दा धेरै नै तिता, मिठा र हिलो छ्याप्ने कुरा भए !
सेलिब्रेटी बन्दै गरेको मानिसलाई खुट्टा तान्नेहरू धेरै नै निस्किए !
ब्यक्तिगत, परिबार, नागरिकताको आरोप लगाएर प्रहार गरियो !
यहि मौका छोपी पत्रकारिताको नया थालनी र प्रयोग गरेका रबि माथि मिडिया हाउसहरू समेत खनिए !
भ्रष्टाचार र अनियमित कार्य बिरूद्द खरो उत्रिएर शत्रु बनाएका रबि माथि ब्यक्तिगत, समुहगत र पार्टिगत रूपले समेत निकै नै प्रहार भए !
अन्त्यमा आत्महत्या केशमा फसाउन पार्टि, नेता र सरकारका केहि पदवालाहरू नै प्रयोग भए !
तर जनताको साथ र समर्थनको अगाडि सरकारले घुडा टेक्यो र रबि रिहा भए !
रबिको स्बतन्त्र पत्रकारिताको नयां प्रयोगले उच्चतम उचाई नै चुम्यो !

धेरै युवा समर्थकहरूले रबिलाई राजनितीमा आउन वा होमिन आमन्त्रित वा हौसाए !
रबिन्द्र मिश्रको पत्रकारिताको उचाई, समर्थक, पार्टि, राजनिति, चुनाब, भोट बाट पक्कै सिकेको र बुझेको हुनु पर्छ !
नेपालको राजनिती, संबिधान, पार्टि र जनता राम्ररी बुझे सकेका चतुर रबि राजनिती बाट टाढा नै रहे !
२४ न्यूज र सिधा कुरा सफलताको उच्चतम बिन्दुमा पुगेका रबि बुद्दिमतापूर्ण कार्यक्रम छाडे !
बिभिन्न परिबन्ध र कर्मचारीका रूपमा काम गरेका रबि अब आफै मालिक भै स्बतन्त्र रूपमा आफ्नै नयां कार्यक्रम लिएर आउदैछन !
नयां शो आर्थिक भन्दा सामाजिक भावनाबाट प्रेरित बनोस !
उचाईमा टिकि राख्नु त्यति सजिलो पक्कै छैन !

जति धेरै समर्थक वा सेलिब्रेटी हुन्छन, ढुगां हान्ने पनि त्यति नै धेरै निस्कछन !
सानो गल्तिले पनि चकनाचुर पार्न सक्छ भन्ने कुरा रबिले राम्ररी बुझेका छन !
नयां थालनी सहज पक्कै छैन !
चुनौति र जवाफदेहिता अझै थपिएको छ !
आवाज बिहिन जनताको आशा, विश्वास र भरोशामा कुनै आचं आउने छैन !
मित्र रबि लाई सफलताको शुभकामना !
# Rabi Lamichhane