पोखरामा सर्पको उद्दारमा जुट्दै साहसी महिला सबिता आचार्य

पोखराको प्रिथिवी नारायण क्याम्पसमा सपढ्दै आएकी सबिता आचार्य यति बेला सर्पको उद्दारमा जुटेकी छिन । सर्प भनेपछि जो कोहीलाई पनि नाम सुन्ने बित्तिक्कै डर लाग्छ तर पोखरामा एकजना आटीली नानीले सर्पको उद्दार गर्ने काम सुरु गरिकी हुन् ।
बाग्लुङ्ग घर भएकी सबिता अहिले पोखराको मालेपाटनमा बस्दै आएकी छिन। केहि दिन अगाडी मात्र उनले धामन नाम गरेको सर्पको उदार गरेकी छन्। धामन सर्प हेर्दा ठुलो देखिए पनि अबिशालु सर्पको रुपमा चिन्ने गरिन्छ। धेरै जस्तो धान राख्ने ठाउँ भकारी, घरको कुनामा भेटिने यो सर्प नेपालको बिभिन्न भूभागमा पाउने गरिन्छ।

नेपालमा एकातिर सर्पलाई भगवानको रुपमा हेरिन्छ भने अर्को तिर सर्प देख्ने बित्तिक्कै मार्ने चलन पनि रहेको छ। सर्पलाई देख्ने बित्तिक्कै मार्ने हैन अब सर्पलाई हामी सबैले सोच परिवर्तन गरेर सर्पको उद्दार गर्नुपर्ने सबिता बताउछिन।

सर्पले हाम्रो ओरॆ परी रहेको बातावरण लाई स्वच्छ राख्न र बातावरणमा भएको नकारात्मक किरणहरुलाई हटाउन सर्पले मद्दत गर्ने गर्दछ। किरा फट्यांग्रा , मुसा खाएर बाच्ने सर्पलाई अब सबैले जोगाउनु पर्ने र अब कोहि पनि सर्प भन्ने बित्तिक्कै नडराउँन उनले अनुरोध गरिकी छन्।

उनका अनुसार – मानिसहरुले कुकुर , बिरालो लगाएत सबैलाई माया मानेर राख्छन त्यस्तै मानिसले किन सर्पलाई आफ्नो साथि बनाउन सकिरहेका छैनन् ? यो संसारमा सबैको बाच्न पाउने हक छ। जसलाई हामीले नजिक बाट निहाल्छौ र माया दिनछौ त्यही कुरा नै हाम्रो लागि प्यारो लाग्ने त् हो नि “

त्यसैले सर्पलाई पनि आफ्नो प्यारो साथि जस्तै बनाउने माया दिने यो अभियानमा जोडिन सबैलाई अनुरोध गर्दै सविताले सबैलाई आफ्नी घरमा वा कतै सर्प देखेमा उद्दार टोलीलाई बोलाएर सबै यो महाभियानमा जोदिनुहुन अनुरोध गरिकी छिन।

हेर्नुहोस भिडियोमा यसरी गरिन्छ सर्पको उद्दार |