दुनिया सारा रुवाऊने गायिका शान्ति श्री परियारको आवाजमा लोक गित ‘नेपाल आमा ‘ सार्बजनिक ( भिडियो )

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक दिनेश बिसी र शान्तिश्री परियारको आवाजमा मनै रुवाउने गीत ‘नेपाल आमा’ सार्बजनिकको भएको छ ।

नेपाल बाहिर मलेसियालाई आफ्नो कर्म थलो बनाइरहनु भएका सर्जक तथा गायक दिनेश बिसी नेपाली गीत संगीतलाई धेरै माया गर्नु हुन्छ। यो भन्दा अगाडी पनि धेरै गीत संगीत बजारमा सार्बजनिक गरिसक्नु भएको बिसीले यो पल्ट आफ्नो घर परिवारको लागि सपना बोकेर वैदेशिक रोजगारीमा गएका हेरक नेपालीले हेर्ने पर्ने र सम्पूर्ण नेपालीहरुको कथा बेथा पिडालाइ देखाउन खोजिएको छ।

नेपाली गीत संगीतलाई र आफ्नो देश नेपाल, जन्म भूमिलाई माया सम्मान गर्दै गीति यल्बम नेपाल आमा सार्बजनिक गरेको गायक बिसीले बताए। उक्त गीतमा चर्चित गायिका शान्तिश्री परियार र गायक दिनेश बिसीकै आवाज रहेको छ भने शब्द संगीत पनि गायक गायक दिनेश बिसीकै रहेको छ ।

गीत सुन्दा निकै मार्मिक छ भने जन्म दिने आमा तथा आफ्नो जन्म भूमिको कति माया हुन्छ र विदेशमा रहदा झन् धेरै महत्तो हुन्छ भन्ने कुरा शब्दमा सुन्न सकिन्छ।

‘नेपाल आमा’ भिडियोमा चर्चित कलाकार रमा थपलिया, रन्जिता गुरुङ,आशिर प्रताप जंग छेत्रीको अभिनय सकिन्छ भने निर्देशक शिब बिक , छायाकंन अजय रेग्मीको रहेको छ भने उक्त गीतको भिडियो तथा शब्द सुन्दा सबै नेपालीहरुले गर्ब गर्नुको साथैम सम्पूर्ण नेपालीहरुले उक्त गीतलाई सुनेर हेरेर माया गर्नु पर्छ भन्ने आभाष भएको छ , भिडियो हेर्नुहोस् :