News 24 छोडेपछि अब रबि लामिछानेले के गर्नुहुन्छ ?

समाज सेवी / सामाजिक अभियन्ता / लेखिका ज्वाला संग्रौला जी लेख्नु हुन्छ :

News 24 छोडेपछि अब रबिदाईहरुले के गर्नुहुन्छ भनेर धेरैको जिज्ञासा रहेकोले जानकारी स्वरुप केहि लेख्दै छु : सीधा कुरा जनतासंगको कार्यक्रमले यो मुलुकको संचार जगतमा एउटा नयां प्रयोग सहितको इतिहास रचेको कुरा सबैलाई थाहा छ ! एउटा टेलिभिजन कार्यक्रमले जति दिनु पर्थ्यो, त्यो भन्दा हजार गुणा बढि दियो! संचारकर्मी भनेको समाचार भन्ने र सुचना पढ्ने मात्रै हो भन्ने परम्परागत सोचको पर्खाललाई भत्काएर यो कार्यक्रमले नयां ढंगले देश बिदेशभरि लोकप्रियता पायो !

अधिकांस टेलिभिजनका प्रस्तोताहरुले सुकिला मुकिला नेता, ब्यापारी , उधोगपति र धनीमानीहरु तिर क्यामेरा फर्काउदै गर्दा सीधा कुराले भने जनताका खाली खुट्टा, रित्तो भांडो , भोको पेट,र चुहिने छानोलाई प्राथमिकताको सुचिमा राख्यो। लुटिएका , ठगिएका , हेपिएका र चेपिएकाहरुलाई न्याय दिन कहिले पुलिस जस्तो बन्यो त कहिले न्यायालयको काम गर्यो! आवाजबिहिन हरुको बलियो आवाज बन्यो! त्यहि भएर जो अन्यायमा पर्यो उस्ले सीधा कुरालाई यो देशको सरकार भन्दा बढि प्रभावकारी देख्यो!

तसर्थ यो कार्यक्रम बन्द भएकोमा धेरैजना दुखी हुनु भएको छ ! तर कृपया दुख नमान्नु होला साथीहरु ! किनकी रबिदाइ दिपक दाईहरु बैसाख बाट नया प्रबिधि युक्त आफ्नै टेलिभिजन च्यानल मार्फत झन् बुलन्द आवाज लिएर आउदै हुनुहुन्छ र सीधा कुरा भन्दा अझ प्रभाबकारी ढंगले ७७ वटै जिल्लामा छाउदै हुनुहुन्छ !! अब हामी वहाहरुलाई आफ्नै नया टेलिभजन च्यानल मार्फत देख्न पाउने छौं!

#अग्रिम बधाई तथा शुभकामना आदरणीय दाईहरु! हामी हजुरहरुको साथमा संधैभरी रहिरहने छौं !