सेलिब्रेटी र फ्यानलाई कनेक्ट गर्ने उद्देश्यले ‘सेलेब्स ग्रिट्स’ स्थापना भएको हो ।

सेलिब्रेटीहरुलाई फ्यान तथा शुभचिन्तकहरुसँग नजिकबाट साक्षात गराउने लक्ष्यसहित नेपालमा पहिलोपटक वेभसाइट र एप्लिकेशन लञ्च भएको छ । वेभसाइट र एप्लिकेशन दुबैमा एकसाथ आएको ‘सेलेब्स ग्रिट्स’ (www.celebgreets.com) ले सेलिब्रेटी र फ्यानबीचको दुरी नजिक बनाउनेछ ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच उक्त वेभसाइटको सुरुवात भएको जानकारी गराइयो । ‘सेलेब्स ग्रिट्स’को ब्राण्ड एम्बेस्टरमा अभिनेता अनुपबिक्रम शाही अनुबन्ध भएका छन् । आयोजक टिम र अनुपबीच कार्यक्रममा नै सम्झौतापत्र आदान प्रदान गरियो भने अनुपले नै ‘सेलेब्स ग्रिट्स’को औपचारिक सुभारम्भ गरेका थिए ।

हाल यो एप्लिकेशनमा ३० बढि सेलिब्रेटीहरु जोडिएको र भोलीको दिनमा अन्य सेलिब्रेटीहरुलाई पनि कनेक्ट गराउँदै लैजाने ‘सेलेब्स ग्रिट्स’का सिइओ इन्जिनियर समुल खड्काले बताए । ‘सेलेब्स ग्रिट्स’को टिममा खड्कासँगै इन्जिनियर प्रशान्त खड्का सह- निर्माता समेत छन् भने वोर्ड अफ डिरेक्टरमा इन्जिनियर तपेन्द्र बहादुर खड्का छन् ।

यो एप्लिकेशनसँग आवद्ध सेलिब्रेटीहरुबाट न्युनतम शुल्कमा फ्यान तथा शुभचिन्तकहरुले आफुले चाहेको सन्देश प्राप्तिको लागी अनुरोध गर्न सक्नेछन् । त्यहाँ जम्मा हुने शुल्क सेलिब्रेटीहरुले सामाजिक कार्यको लागी खर्चिनेछन् । एप्लिकेशन तथा वेभसाइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्वन्धित टिमले सेलिब्रेटीलाई नोटिस् पठाउनेछ, त्यसपछि सुभचिन्तकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्ने ‘सेलेब्स ग्रिट्स’ डटकमले जनाएको छ । फ्यानहरुले आइडल सेलिब्रेटीसँग आफु र आफ्नो परिवार तथा नजिकका व्याक्तिहरुको जीवनको विशेष उत्सवमा शुभकामना माग्न सक्नेछन् । नेपालबाहिरका विभिन्न देशमा यो अभ्यास पहिलेदेखि रहेतापनि नेपालमा भने यो प्रकारको एप्लिकेशन पहिलो भनिएको छ ।

हालसम्म यो फिचर्डमा नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडल जोडिएका छन् । मनोरञ्जनमात्र नभइ देशको अग्र पङ्गतिमा आउने हरेक विधासँग सम्वन्धित सेलिब्रेटीहरुलाई आफुहरुसँग कनेक्ट गराउँदै अघि बढ्ने इन्जिनियर खड्काले बताए ।