भाइरल सचिन परियार र रबिना बसेलको दोस्रो गीत रातो रबर एक घण्टामै भाइरल

शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुतिमा पछिल्लो समय टिक टक तथा सामाजिक सञ्जालमा भाईरल बाल गायक सचिन परियार र भाईरल बाल गायिला रबिना बस्यालको आवाजमा रहेको लोक दोहोरी गीत रातो रबर युटुव बजार मार्फत सार्वजनिक भएको छ ।

खेम सेन्चुरीको लय तथा नेत्र अर्यालको शब्द सृजनामा रहेको गीतलाई महेन्द्र भण्डारी ले एरेन्ज गरेर मालाश्री स्टुडियोमा गोबिन्द पराजुलीले रेकर्ड गरि खडक बाजुरालीले मिक्सिङ गरेको गीतको म्युजिक भिडियो लाई कपिल लामा ले निर्देशन गरेका हुन ।
सुरेश श्रेष्ठ ले छायांकन गरेर बिकाश ज्ञवालीले सम्पादन गरेको गीतको म्युजिक भिडियो मा सारीका के.सी.,धुर्व हिमाली,डि.आर सुजन, सरस्वती फुयाल रबिना बस्येल, सचिन परियार, अमृत सापकोटा को अभिनय देख्न सकिन्छ ।
शुभारम्भ डिजिटल म्युजिक प्रा.ली.को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा भिडियो।