आत्मा पसेको विषयको यस्तो रहेछ वास्तविकता (भिडियोसहित)

बेलबारी । ६ बर्षअघि मोरङको कानेपोखरीमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका जीवन राईको आत्मा बेलबारीकी गौरी राईको शरिरमा पसेर दुख दिएको र त्यसलाई वनझाँक्रीले मुक्त गरेको विषय चर्चामा छ ।

जीवनको परिवारका आमाबुवालाई समेत सो बारेमा हामीले सोधेका छौं । के हो त वास्तविकता ? जीवनको आत्मा गाउँमा आंतक सिर्जना गरेकै हो त ? चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछि अन्त्यमा कसैले नसोचेको चमत्कार गरेको बताइएको छ । चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछि झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित बने ।

त्यहा खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन् ।