राजनितिक आडमा बस्ती नजिक उधोगधन्दा खोलिदै , सर्बसाधारण भन्छन हाम्रो जनस्वास्थ्यमा गम्भीर खेलबाड हुदैछ

युबराज रेग्मी माघ ७, झापा / झापा जिल्लाको कमल गाँउपालिका वडा न १ स्थित रतनचौनमा मानव बस्ती नजिक ईटा उद्योग खोल्ने तयारी गरेपछि स्थानियहरुले बिरोध जनाएका छन् ।साथै उनिहरुले सर्बसाधारणको जनस्वास्थ्य माथी उधोग पक्षबाट गम्भीर खेलबाड हुन लागेकोमा चिन्ता समेत ब्यक्त गरेका छ्न ।

दमकका एक उद्योगी गुणराज थापाले कमल गाउँपालिका वडा न १ रतनचौनमा रहेको आफ्नो निजी जग्गामा ईटा उद्योग खोल्ने भन्दै संरचना निर्माणकालागी निर्माण सामाग्री झार्न थालेपछि कमलगाउँ पालिका र गौरादह नगरपालिकाका स्थानियबासीहरु विरोधमा उत्रिएका हुन् ।

मानव बस्ती नजिक ईटा उद्योग खोल्नका निमित्त निर्माण सामाग्री झार्न थालेपछि विरोधमा उत्रिनु परेको कमलका स्थानियबासी हरुले बताए । साथै उक्त बिसय लाइ सम्बोधन गरिदिन स्थानियहरुको एक टोलिले केही दिन अघि गौरादह नगरपालिका वडा न १ को कार्यालयमा ध्यानाकर्षण पत्र समेत पेस गरेका थिए । व्यावसायि थापाले सोहि ठाउँमा केही बर्स अघिदेखि ईटा तथा सिमेन्ट उद्योग खोल्ने भन्दै स्थानियहरुलाई आतंकित बनाउने गरेको स्थानियले आरोप समेत लगाएका छ्न ।

व्यावसायि थापाले केही बर्ष पहिले पनि ईटा उद्योग खोल्ने योजना बनाउदा तात्कालीन समयमा स्थानियहरुले विरोध जनाएका थिए । फेरि केही समय अगाडि सिमेन्ट फ्याक्ट्रीको कुरा आएको थियो त्यो समयमा पनि स्थानियबासिको तर्फ बाट तिब्र विरोध भएको थियो । यश पटक भने जसरी भएपनि ईटा उद्योग खोल्छु भन्दै व्यावसायि थापाले सामान झार्न थालेपछि बस्तीलाई असर पुर्याउने र प्रदुषण फैलाउने उद्योग खोलिने भएपछि पछिल्लो पटक स्थानियहरु पुन: त्रसित र भयबित भएका छ्न । ‘निजी जग्गा हो भन्दैमा प्रदुषण फैलाउने र मानविय स्वास्थ्यमा गम्भीर असर पुर्याउने उद्योग नै किन खोल्नु पर्यो ? अन्य उद्योग खोले त हामीपनि साथ दिन्थ्यौ’ स्थानिय सन्तोष कटवाल बताउछ्न ।

थापाको कमल गाउँपालिका वडा न १ मा रहेको १७ विगाहा निजी जग्गामा ईटा उद्योग खोलिए गौरादह नगरपालिकाको वडा न १ का वडाबासीहरु लाइ समेत असर पुर्याउने भन्दै गौरादहका स्थानियहरु पनि विरोधमा उत्रनु परेको स्थानिय ईन्द्र न्यौपानेले बताए ।उद्योग स्थापना गर्न लागिएको जमिन कमल गाउँपालिकाको सिमानामा पर्ने गौरादह नगरपालिका वडा न १ किस्ने खोला नजिक पनि बाक्लो मानविय बस्ती रहेको छ । बस्ती नजिकै अत्याधिक प्रदुषण फैलाउने ईटा उद्योग खोल्ने तयारी गरेपछि विरोधमा उत्रीनुपरेको गौरादहका स्थानियहरुले बताए।

कमल र गौरादहका स्थानियहरुले खुल्ने भनिएको ईटा उद्योगलाई रोकिपाउँ भन्दै कमल गाउँपालिक साथै १ न वडा कार्यालय र गौरादह नगरपालिका कार्यालय र वडा कार्यालयमा समेत निवेदन दिएका छन । सोहि निवेदनका आधारमा हिजो मंगलबार गौरादह नगरपालिका वडा नं. १ ले आफ्नो रोहवरमा उद्योगी गुणराज थापा र स्थानियहरु बिचमा छलफल समेत गराएको थियो । छलफलका क्रममा उद्योगी थापाले सो स्थानमा जस्तो सुकै परिस्थिति समना गरेर भए पनि यश पटक आफू ईटा उद्योग खोलि छाड्ने बताए । थापाले भने ‘ मैले ईटाकै उद्योग खोल्ने हो , तर त्यो परम्परागत नभएर अत्याधुनिक र कम प्रदुषणयुक्त हुने छ।’ सम्पुर्ण सम्भाव्यता अध्ययन
पछि ईटा उद्योगको लागी उपयुक्त स्थान किटान गरेर उद्योग खोल्ने तयारी गरेको झापा ईटा उद्योग संघका अध्यक्ष समेत रहेका थापाले बताए ।

छलफलमा सहभागी गौरादह नगरपालिका र कमल गाउँपालिका स्थानियहरुले सो स्थानमा ईटा उद्योग कुनै हालतमा खुल्न नदिने बताएका छन् । जस्तै सुरक्षित भनिएपनि ईटा उद्योगबाट निस्कने प्रदुषणले वायु , जल , जमिनलाई असर गर्ने र मानविय बस्तीनै खतरामा परेर विस्थापित हुने अवस्था आउने स्थानियहरुको तर्क छ । छलफलमा दुवै पक्ष आ -आफ्नो अडानमा कायम देखिएपछि हिजो मंगलबार यश विषयमा कुनै निर्णय हुन नसकेको गौरादह नगरपालिका वडा नम्वर १ वडा प्रतिनिधि तथा कार्यपालिका सदस्य देविमाया श्रेष्ठले बताइन । छलफलमा कुनै निर्णय हुन नसक्दा दुवै पालिकाका वडा अध्यक्ष सहितको उपस्थितीमा पुन: छलफल गराउने निर्णय भएको श्रेष्ठले बताइन ।

चुनाब ताका आफुले हाल प्रधानमन्त्री रहेका के. पि. ओलिलाइ तात्कालीन समयमा चुनाब खर्चका निम्ति २० लाख चन्दा दिएको छु , म कुनै हालतमा उद्योग खोली छाड्छु भन्दै व्यावसायी थापा हिड्ने गरेको स्थानियहरुको आरोप समेत रहेको छ । यसरि राजनितिक आडमा मानब स्वास्थ्यलाई गम्भिर असर पुर्याउने गैर- जिम्मेवारीपुर्ण कार्य निन्दनिय र गम्भीर भएको स्थानियको आपत्ती रहेको छ ।