झाक्रीको यस्तो जीवन कहानी सुनेर सबैले ढोगे,आत्मा भड्कियो चिहानमै गएर दिए आफ्नो परिचय (भिडियो सहित)

१२ बजे राती चिहान खनेर भाइरल बनेका झाक्री को हुन त! अनि कसरी खने एकाएक मध्यरातमा चिहान! सबैको खोजिको बिषय बनेको यो कुराको उत्तर आज चिहानमै पुगेर झाक्रीले आफ्नो जीवन कहानी बताउदा सबैले ढोगेका छन सुपर अनलाइन टिभीमा भिडियो पनि रहेको छ ।

मोरङको बेलबारिमा एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको खबरले देशभरी हल्ला फिजियो । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो ।

गाउमा एकपछी अर्का मानिस बिरामी पर्दै मुर्छा पर्न थालेपछी झाक्रीले चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका थिए । गाउकै एकजना दिदिले आत्मा गाउलेमा पसेर टाउको फनफनी घुमाने र खुट्टा फनक्कै बटारिदिने र सुन्नै नसकिने क्रियाकलाप गर्ने बताइन ।

उनका कुरा सुन्दा अनि ६ बर्ष अगाडी मृत्यु भएका मान्छेको आत्माले यस्तोसम्म भनेको सुन्दा सबैलाई पत्याउन निकै गारो भएको थियो । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी भएकै बेला आज अचानक झाक्रीमै आत्मा चढेर चिहानमै पुर्याएर झाक्रीलाइ नै ढालेको छ । १२ बजे राति चिहान खनेर कसैले नसोचेको कुरा पत्ता लगाएका झाक्रीलाई अचानक यस्तो हुदा सबै चकित बनेका छन । अन्ततः झाक्रीमा आत्मा चढेर बोल्न थाल्यो र झाक्रीले आत्मालाई शान्त बनाएर झाक्रीले आफ्नो सबै जिबन कहाँनी सुनाउदा सबै भावुक बने । उनले आफ्नो सम्पुर्ण नालीबेली बताउदा गाउँले चकित बने र सबैले उनलाई ढोगे । तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ |