‘जेलमा कोच्ने पहिले मलाई र पछि प्रचण्डजीलाई उनको योजना थियो ‘ : माधव नेपाल

काठमाडौं : अनौपचारिक रुपमा विभाजित नेकपामा आफ्नो समूहको अध्यक्ष रहेका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूलाई जेल हाल्न चाहेको बताएका छन्। बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा उनले ओलीको कार्यशैलीको चर्चा गरेका हुन्।

‘ओलीले अब म एक्सनमा जान्छु भनिरहेका थिए। पहिले मलाई र पछि प्रचण्डजीलाई जेलमा कोच्ने उनको योजना थियो’, नेपालले भने, ‘केही विषय पाएको भए अहिलेसम्म जेलमा कोचिसक्थे।’

नेपालले ललिता निवास प्रकरणमा थोरै पनि कमजोरी भेटेका भए आफूलाई जेलमा कोचिसक्ने नेपालको भनाइ छ।

नेपालले आफूहरुको बारे पार्टीभित्र र बाहिर विभिन्न भ्रम फैलाइएको भन्दै ती सही नभएको बताए।