चर्चित गायिका देबि घर्ती मगर र योगेन्द्र गौतमको ’आउँछौ र फेरि’मा अर्जुन र गिताको फिचर ले सबैलाई हेर्ने बनायो (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा योगेन्द्र गौतम र देबि घर्ती मगरको सुमधुर आवाजमा ‘आउँछौ र फेरि’ बोलको नयाँ लोकदोहोरी गित रिलिज भएको छ । गितमा शब्द सुरज गैरे र संगीत अर्जुन सापकोटा को रहेको छ ।

बजारमा आइरहेका गीतहरुमध्ये यो गीत केही फरक अनि मेलोडियस रहेको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । यो गीत सुन्ने जो कोहि लाई गीतको अडियो र भिडियोले मग्न मुग्ध बनाउछ ।

गीत सार्वजनिक भए लगत्तै राम्रा राम्रा प्रतिक्रियाहरु आइरहेका छन । दर्शकहरुले यो गितलाइ रुचाउनेमा गीतकार गैरे आशाबादी देखिन्छन । गीतको अडियो जति राम्रो छ त्यो भन्दा बढी भिडियो अकार्षक बनेको छ ।

भिडियो निर्माणमा निर्माण टिमले निकै मेहनत गरेको देखिन्छ । भिडियोमा चिरपरिचित अनुहारहरुलाइ देख्न सकिन्छ । भिडियोमा अर्जुन सापकोटा र गीता ढुंगानाको दमदार अभिनय देख्न सकिन्छ । गीता र अर्जुनको केमेष्ट्री निकै उत्कृष्ट रहेको देख्न सकिन्छ ।

भिडियोलाइ काजिस श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेकाछन भने छायांकन राजेश घिमिरे को रहेको छ । भिडियो सम्पादन दिपक बिष्टको रहेको छ ।

भिडियोलाइ Ayansh Creation युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ । भिडियो हेर्नुस् :